टर्की भूकम्पमा १२ हजार बढीको मृत्यु, उद्धारमा नेपाल सरकारले पनि सहयाेग गर्ने

टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।

साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सामाग्रीसहितकाे सहयाेग तत्काल पठाउन माताहतका निकायलाई निर्देशन दिएका झन् ।

भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हँुदै गएको छ । उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको हुन सक्ने अनुमान गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक तथा भौतिक सहायता उपलव्ध गराएका छन् । नेपालले पनि आवश्यक सामग्रीसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation