रनिङ सिल्डकाे उपाधि तेस्रोपटक पनि नारायण माविलाई

माघ २९, सल्यान ।
सल्यानकाे कुमाख गाउँपालकाद्वारा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पुन: नारायण मावि रुमालगाउँले जितेको छ । यसअघिका २ वटा रनिङ शिल्ड लगातार जितेको नारायण माविले यसपटक पनि आफ्नै खेलमैदानमा भएको खेलमा सबैलाई उछिन्दै उपाधि जित्न सफल भएको हो । जितसँगै नारायण माविले ११ स्वर्ण सहित शिल्ड हात पारेको छ ।

खेलकाे नियमानुसार जुन विद्यालयले उपाधि जित्छ १ वर्षभरी त्यो विद्यालयले शिल्ड राख्न पाउँछ तर लगातर ३ पटक शिल्ड जितेमा शिल्ड सोही विद्यालयको हुने गदर्छ । यसपटककोसहित लगातार ३ पटक शिल्ड जितेको नारायण माविले शिल्ड राख्ने भएको छ ।

द्वितिय वडा नं ३ को जनता मा वि रागेचौर बन्दा तृतिय वडा नं. १ को सरस्वती मावि भितिवन बनेको छ । जनता मावि रागेचौरले ५ स्वर्ण प्राप्त गर्दा सरस्वती मावि भितिवनले ४ स्वर्ण पाएको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ मंगलबारबाट भएको पाँचौ रास्ट्रपति रनिङ शिल्डमा गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता भएका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गरि कार्यक्रममा विजेताहरुलाई सम्मानका साथ पुरस्कार प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको समापन कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष लाल बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द लगायत गाउँपालिका वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु, विभिन्न खेलका खेलकुद प्रशिक्षकहरु, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु ,विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी, पत्रकारहरु, बुद्धिजिवि, विद्यार्थीहरु लगाएतको पनि भव्य उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन नारायण माविका प्रधानाध्यापक देवेन्द्र रावतले गरेका थिए ।

गाउँपालिकाले खेलकुद कार्यक्रममा सहभागी भइ कला प्रर्दशन गर्ने खेलाडिहरुको उज्जव भविश्यको कामना गर्दै बधाइ दिएको छ ।

नारायण मावि कुमाख २ रुमालगाउँकि छात्रा १०० मिटर दौडमा रचना बुढाथोकीले जित हात पारिन् । दाेस्राे र तेस्रो क्रमशः पुष्पा राना भेरी मावि कुमाख १ टाट्के र पुजा शाही जनता मावि कुमाख ३ रागेचौर तृतीय भएका छन् ।

त्यस्तै छात्र १०० मिटर दौडतर्फ डिल्लीराज परियार सरस्वती मावि कुमाख १ भितिवन प्रथम र गणेश सुनार जनकल्याण मावि कुमाख ६ बडागाउँकोट भएका छन् भने छात्रा लङजम्पतर्फ पुजा शाही जनता मावि कुमाख ३ रागेचौर प्रथम, गिता थापा बुद्ध जनकल्याण मावि कुमाख ६ मेलटाकुरा द्वितीय र दिपा रावत र नारायण मावि कुमाख २ रुमालगाउँ तृतीय भएका छन् ।

छात्र लङजम्पतर्फ गणेश सुनार जनकल्याण मावि कुमाख ६ बडागाउँ कोट प्रथम, डिल्ली बुढा नारायण मावि कुमाख २ रुमालगाउँ द्वितीय र बिजय रावत भेरी मावि कुमाख १ टाट्के तृतीय भएका छन् ।

छात्रा त्रिपलजम्प प्रतियोगितामा रचना बुढाथोकी नारायण मावि कुमाख २ रुमालगाउँ प्रथम, पुष्पा राना भेरी मावि कुमाख १ टाट्के द्वितीय करुणा बुढाथोकी सरस्वती मावि कुमाख १ भितिवन तृतीय स्थान हासिल पारे । छात्र त्रिपलजम्पमा डिल्ली बुढा नारायण मावि कुमाख २ रुमालगाउँ प्रथम, बिजय रावत भेरी मावि कुमाख १ टाट्के द्वितीय र प्रदिप बुढाथोकी सरस्वती मावि कुमाख १ भितिवन तृतीय भएका छन् ।

छात्रा २०० मिटर दौडमा गीता थापा बुद्ध जनकल्याण मावि कुमाख ६ मेलटाकुरा प्रथम, मिना परियार जनकल्याण मावि कुमाख ६ बडागाउँकोट द्वितीय र बिपना बुढामगर मावि कुमाख ३ गुरुदासे तृतीय भए । त्यस्तै छात्र २०० मिटर दौडमा डिल्ली परियार सरस्वती मावि कुमाख १ भितिवन प्रथम, विजय गिरी भेरी मावि कुमाख १ टाट्के द्वितीय र गोपाल राना जनता मावि कुमाख ३ रागेचौर तृतीय भए ।

छात्रा ४०० मिटरकाे दौडमा सुनिता चन्द बुद्ध जनकल्याण मावि कुमाख ६ मेलटाकुरा प्रथम, सीता राना अरनिको मावि ४ कोटनाउला द्वितीय र मिना बिक जनकल्याण मावि कुमाख ६ बडागाउँकोट तृतीय भएका छन् भने छात्र ४ सय मिटर दौडतर्फ गोपाल बोहरा महेन्द्र मावि कुमाख ७ जिमाली प्रथम, कृष्णा बुढाथोकी सरस्वती मावि कुमाख १ भितिवन द्वितीय र कृष्ण बहादुर वली श्री जनता मा वि कुमाख ३ रागेचौर तृतीय भएका छन्

रनिङ शिल्डकाे छात्रा ४×१०० मिटर दौडमा पुष्पा राना, मनिषा राना, दिपा बुढाथोकी, बालिका राना श्री भेरी मा वि कुमाख १ टाट्के प्रथम, त्रिपुला बुढाथोकी, करूणा बुढाथोकी, झरणा बि.क., दिलमाया बुढाथोकी सरस्वती मावि कुमाख १ भितिवन द्वितीय र रचना बुढाथोकी, दिपा रावत, दिलमाया बुढाथोकी, लक्ष्मी बुढाथोकी श्री नारायण मा वि कुमाख २ रुमालगाउँ तृतीयकाे जित हासिल गरे ।

त्यस्तै छात्र ४×१०० मिटर दौडमा लक्ष्मण राना, खिम प्रकाश राना, धर्मराज राना, विजय रावत भेरी मावि कुमाख १ टाट्के प्रथम, कमल राना, निम बहादुर राना, दिनेश के. सी., डिल्ली के.सी. अरनिको मावि कुमाख १ भितिवन द्वितीय र चिरञ्जिवी बुढाथोकी, डिल्लीराज परियार, कृष्ण बुढाथोकी, मुकेश परियार सरस्वती मावि कुमाख १ भितिवन तृतीय भएका छन् भने छात्रा ४×४०० मिटर दौडमा हिरा आचार्य, गिता खत्री, संगिता बुढाथोकी, लक्ष्मी बुढाथोकी नारायण मावि कुमाख २ रुमालगाउँ प्रथम, हिरा कुमारी राना, मनिषा राना, दिपा बुढाथोकी, पवित्रा बुढाथोकी भेरी मावि कुमाख १ टाट्के द्वितीय र जानकी रावत, स्मृती शाही, स्वस्तिका गिरी, कविता भारती जनता मावि कुमाख ३ रागेचौर तृतीय भए ।

खेलकाे छात्र ४×४०० मिटर दौडमा राम बहादुर राना, खिमप्रकाश राना, धर्मराज राना, बिजय गिरी भेरी मावि कुमाख १ टाट्के प्रथम, डिल्ली राना, पारस बि.क., केशव राना, रुद्र बुढाथोकी नारायण मावि कुमाख २ रुमालगाउँ द्वितीय र
कृष्ण वली, गोपाल राना, ढकन बि.क. दिनेश नगरकोटी जनता मावि कुमाख ३ भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation