Pranmancha

Advertisment

SKIP THIS

मुटुभरिकाे माया तिमीलाई युगाैयुगसम्म…

सन्दर्भ: प्रणय दिनकाे

म यहाँ आराम छु र त्यहाँ तिमी लगायत तिम्रो घर परिवारप्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौँसम्म गुम्सिरहेका कुरा भन्न गइरहेको छु । जुन कुराले आज मेरो मनमा छुट्टै किसिमको रोमान्चकता जन्मायको छ । मुटु छिटो छिटो चलिरहेको अनुभव भैरहेको छ । श्वासप्रश्वासमा पनि छुट्टै किसिमको अनुभव भइरहेको छ । यो रोमान्चकता मिठो पनि छ र बिझ्दो पनि छ । मिठो यस अर्थमा छ कि, यसले मलाइ पहिलोपटक आँखामा न्यानो सपना सजाउने अवसर दिएको छ र बिझ्दो यस अर्थमा छ कि मेरो सपना कतै बालुवाको महल जस्तै त हुने हैन, हावाले पनि छरपस्ट पार्ने र पानीको सानो भेल ले पनि बिलाउन सक्ने ।

प्रिय जसरी शित सुर्यको किरण पर्दासाथ बिलाउछ, जसरी रुखको पात झर्ना साथ जङ्गल उजाड अनि रंगहीन हुन्छ, जसरी सुर्यको किरणबिना सारा जगत अन्धकार हुन्छ ,त्यसरी नै तिमीबिना मेरो मन पनि उजाड अनि रंगहीन हुन्छ । म दुनियाँको सामु राम्रो हुनत नसकुला तर तिम्रो इज्जत जाने काम भने कहिले गर्नेछैन । मेरो सामु अमुल्य चिज लिएर दिएपनि तिमीबिना सबै शुन्य हुन्छ । कसम, तिम्रो लागि मेरो मनमा पलाएको माया अरुलाइ दिने छैन अनि मेरो मायामा कुनै झुट र स्वार्थ लुकेको छैन्। मेरो माया तिमीले पक्कै पनि बुझ्छौ। यदि हाम्रो माया कुनै विश्वको ठुलो साहित्यकारको कलमको टुप्पोमा परेको भए रोमियो जुलियतको भन्दा कम जोडीमा हुदैनथ्यो होला ,माया त तिमीलाइ म ३ सय ६५ दिन नै गर्दछु तर आज विशेष दिन परेको हुँदा यी सबै मनमा रहेर बसेको भाव ब्यक्त गर्छु ।

म तिमीबाट अरु केही चाहँदैन, मात्र यति चाहान्छुकी तिमीभित्र रहेको माया र म प्रतिको विश्वास भने युगान्तकारी रूपमा जिवित रहिरहोस । जस्तै सीताबिना राम, राधाबिना कृष्ण ,लैलाबिना मज्नुको कुनै अस्तित्व छैन,  त्यसरी नै तिमीबिना मेरो पनि कुनै अस्तित्व छैन। तिमिलाइ मेरा यी नयनले सदैव खोजिरहन्छ । मेरो मुटुले तिमिलाइ मात्र चाहान्छ, हरेक पल, हरेक क्षण मेरो मन मस्तिष्कमा तिमी नै छौ । रातको अन्तिम सोचाइ अनि बिहानिको पहिलो सम्झना तिमी नै हौ । म तिमीबाहेक अरु खोज्न त के सोच्न पनि सक्दैन । भन्न त भन्छ्न नि एउटा नभए अर्को आउँछ, तर तिमी त्यस्तो मान्छे बनिसक्याै कि चाहेर पनि तिमीलाई भुल्न सक्दैन ।

तिमी भित्रको माया र म प्रतिको विश्वास सधै रहिरहोस, मुटुभरीको माया अनि सुमधुर सम्झना……

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation