नेकपाकाे संग्राम ब्यारेकमा जनयुद्ध उत्सव, नेताहरु भन्छन् बलिदानीलाई खेर जान दिनेछैनाैँ

 

 

 

 

 

दाङ / नेपाल कम्युनिस्ट पार्टी दाङले २८ औं जनयुद्ध दिवस जनमुक्ति सेनाको व्यारेकमा मनाएको छ । नेकपा पश्चिम दाङ जिल्ला र पुर्वी दाङ जिल्लाले संयुक्त रुपमा सोमबार तुलसीपुर उपमहानगरपालिका – १९ मा रहेको क्रान्ति संग्रहालय ( पुर्व जनमुक्ति सेनाको व्यारेक) मा २८औं जनयुद्ध दिवस मनाएको हो ।

२८औं जनयुद्ध दिवसको अवसरमा सो पार्टीले क्रान्ति संग्रहालय संग्राममा शुभकामना आदानप्रदान तथा विविध खेलकुद प्रतियोगिताको आयोजना गरि मनाएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य शितल सीले महान जनयुद्धमा शहादत प्राप्त गर्नुहुने शहिदहरुप्रति श्रद्धाञ्जली , वेपत्ता योद्धाहरुप्रति सम्मान र घाइते योद्धाहरुप्रती बिशेष सम्झना गर्नुभएको थियो ।

जनयुद्धबाट केही उपलब्धिहरु प्राप्त गरेका थियौं ,उनले भने – ‘ हामिले आफ्नो सत्ता चलायौ, सामन्तवादबाट पिल्सिएका आफ्नो वर्गलाइ उठाएका थियौं, राजतन्त्रको अन्त्यपनि गर्यौ तर नेपाली जनताले आफ्नो सत्ता निर्माणको जो चाहाना राखेका थिए त्यो जनयुद्धबाट पूरा हुन सकेन । पार्टी नेतृत्वले संसदीय व्यवस्थासामु साम्राज्यवादीसंग आत्मसमर्पण गरेर बिचलित भएपछि महान जनयुद्धको यात्रा त्यहा रोकियो ।’

नेता शितलले प्रचण्ड-बाबुरामले आत्मसमर्पण गरेपछि ढल्दाढल्दै खरानीबाट उठाएर वर्गसंघर्षको नेतृत्व गरेर क्रान्तिलाइ क्रान्तिकारी नेतृत्व विप्लवले नेकपालाई यहाँसम्म ल्याएको बताउनुभएको थियो ।

नेता शितलले जनयुद्धबाट प्राप्त मानवीय शक्ति , भौतिक शक्तिलाई आगो रुपमा प्रयोग गरेर अहिलेको दलाल पुँजीवादी सत्तालाई ध्वस्त पारी त्यसको स्थानमा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको स्पष्ट पार्नुभएको थियो ।

नेपालमा मृत अवस्थामा रहेको दलाल पुँजीवादी सत्ता हामिले ढाल्नुपर्छ , नेता शितलले थपे ‘ हामिले यो सत्ता ढाल्नको निम्ति हामी शसक्त हुनुपर्छ । ढिकमा गएको यो व्यवस्थालाई पल्टाउनको निम्ति हामिसंग त्यो औजार हुनुपर्छ । हामिलाई त्यो आवश्यकता पर्दछ तर समग्रमा नेपाललाई आज जुन प्रकारले विदेशीहरुको पोल्टामा पार्ने, बिदेशी शक्तिहरुलाइ नेपालमा भित्र्याउने , बिदेशिहरुको दलालि गर्ने, बिदेशीको चक्रव्युहमा नेपाली जनता र नेपाललाइ पार्ने षड्यन्त्र नेपालमा पैदा भइरहेको छ, त्यसका विरुद्ध तपाइँ हामी नेपाली जनताहरु एकजुट भएर अगाडि बढ्न जरुरी छ । यहि उदेश्य लिएर आज हामी नेपाली जनयुद्ध दिवस मनाउदैछौ ।’

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाकी केन्द्रीय सदस्य तथा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै २८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा दाङले संयुक्त रुपमा बिबिध खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ । पुरुष भलिबल , महिला भलिबल , स्लो बाइक रेस , घैटो फोड प्रतियोगिता , कुर्सी दौड लगाएतका प्रतियोगिता आयोजना गरेको नेकपाले जनाएको छ ।

यस्तै कुर्सी दौड प्रतियोगितामा चन्द्रमा सीले प्रथम स्थान , सपनशिला सी द्वितीय स्थान र सुनिता सीले तृतीय स्थान हासिल गरेका थिए भने घैटो फोड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेमा सर्मिला सी , द्वितीय स्थान हासिल गर्नेमा सिन्धु सी र तृतीय स्थान हासिल गर्नेमा चन्द्रमा र सुनिता रहेको सो पार्टीले जनाएको छ ।

यस्तै स्लो बाइक रेस प्रतियोगितामा क्रमशः किरण सी प्रथम , महान सी द्वितीय र हेमन्त प्रकाश सीले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

यस्तै २८औं जनयुद्ध दिवसको अवसरमा आयोजित महिला भलिबल प्रतियोगितामा नेकपा पश्चिम दाङका जिल्लालाई हराउदै नेकपा पुर्वी दाङ जिल्लाले उपाधी हात पारेको थियो भने पुरुष भलिबल प्रतियोगिता तर्फ पुर्वी दाङ जिल्ला प्रथम र पश्चिम दाङ जिल्ला द्वितीय भएको आयोजकले जानकारी दिएको छ ।

यस्तै नेकपा पश्चिम दाङ र पुर्वी दाङले २८औ जनयुद्ध दिवसको अवसरमा आज जिल्लाका मुख्य शहर केन्द्रित चोकहरुमा दिप प्रज्वलन कार्यक्रम समेत गरेको जनाइएको छ ।

नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य एवम नेकपाका केन्द्रिय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपा केन्द्रीय समिति सदस्य तथा पुर्वी दाङ इन्चार्ज सम्झना सी , नेकपा केन्द्रीय सदस्य तथा पश्चिम दाङ इन्चार्ज प्रदिप सी सहित नेकपा पश्चिम दाङ र पुर्वी दाङ अन्तर्गत जवस/मोर्चाका केन्द्रीय समितिका सदस्यहरु र जिल्ला कार्यसमितिका अध्यक्ष तथा संयोजकहरुको आतिथ्यता रहेको थियो। सिस्ने अनलाइनकाे सहयोगमा

नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation