वडाबाटै सामाजिक सुरक्षा भत्ता दिन्छ कुमाख गाउँपालिका

 

फागुन ४, सल्यान
जिल्लाको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण सुरु गरेको छ । हिमालयन बैंकसँगकाे सहकार्यमा पालिकाभित्रका सबै वडाका लाभग्राहीहरुलाई बैँक धाएर घन्टाैँ लाइनमा बस्नुपर्ने झंझटलाई मध्यनजर गरी वडापालिकाबाट भूक्तानिकाे काम गरिरहेका गाउँपालिकाले जनाएको छ ।

माघ महिनादेखि पालिकाले सेवाग्राहीकाे समस्यालाई मध्यनजर गरेकाे  पालिकाले मंगलबारदेखि वडा नम्बर ६ मा दोस्रो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १ सय ५३ जना लाभग्राहीहरूले आफ्नै घर आँगन (वडा कार्यालय) बाट सेवा प्राप्त गर्ने अवसर पाउँदा केही राहतको महसुस गरेका छन ।

सेवा प्रवाह कार्यक्रममा, ईलाका प्रहरी कार्यालय रागेचौरका कार्यालय प्रमुख लगायत सुरक्षाकर्मी, हिमालयन बैंक रागेचौर शाखाका कर्मचारीहरु, ६ नम्बर वडा अध्यक्ष श्री कर्ण बहादुर बिक लगायत जनप्रतिनिधिहरू, वडा सचिव श्री दिलाराम कठैत, सहायक महिला विकास निरिक्षक श्री देविका के.सी.,MIS Operator श्री मेघराज रावत, Field सहायक श्री लाल बहादुर खत्रीको समुपस्थितिमा सञ्चालन र समापन भएको थियो । साथै ६ नम्बर वडाबाट सेवा लिन छुटेका तथा रागेचौर पायक पर्ने सम्बन्धित वडाका सेवाग्राहीहरूलाई हिमालयन बैंक, रागेचौरबाट नै सामाजिक सुरक्षा भत्ता बुझ्नु हुन्न अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 Pranmancha All right reserved Site By : Himal Creation