सिद्धकैलाश प्रवर्द्धनका लागि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम

सल्यान, फागुन ३
सल्यान जिल्लामा स्थानीय खेलप्रमी युवाहरुकाे सहभागीतामा प्रथम सिद्धकैलास गुफा कप तथा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएको छ । बुधबार सुभारम्भ भएको साे कार्यक्रममा वडास्तरीय भलिबल प्रतियोगितासँगै स्थानीय स्तरका गायन तथा नृत्य विधाका विविध साँस्कृतिक झलकहरु पनि राखिने संयाेजक डम्बरबहादुर चलाउनेले बताए । जिल्लामा धार्मिक पर्यटकीय गन्तव्यकाे रुपमा परिचित सिद्धकैलाश गुफाकाे प्रचारप्रसार तथा यसकाे विकासमा टेवा पुर्‍याउने हेतुले साे कार्यक्रम आयाेजना गरिएको चलाउनेलेे बताए ।

भलिबलतर्फ जिल्लाभरका १५ टिम सहभागी रहेकाे कार्यक्रमकाे उदघाटन सत्रका सभाअध्यक्ष गेहेन्द्र चलाउने रहेका थिए भने कार्यक्रमका प्रमुख अतिथि शिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरी रहेका थिए । अध्यक्ष गिरीले खेल जगतकाे विकासले जिल्लाकाे पनि राम्रो पहिचान रहने बताउँदै यस क्षेत्रकाे विकास एवम् विस्तारमा आफू प्रतिबद्ध रहेकाे बताए । पर्यटनको बलियो संभावना बाेकेकाे शिद्धकैलास गुफाकाे विकासमा सक्दाे लागिरहेको बताउदै उनले आगामी आर्थिक वर्षमा शिद्धकैलासकाे विकासका लागि पालिकाबाट बजेट छुटाउने समेत बताए !

खेलमा प्रथम हुनेले नगद रु . ५० हजार, मेड्ल, कप र प्रमाणपत्र पाउने छ भने द्वितीय पुरस्कार नगद रु. ३० हजार, मेडल, कप र प्रमाणत्र र तृतीय पुरस्कार नगद रु.२० हजार, मेडल, कप र प्रमाणपत्र पाउने छन् । कार्यक्रम फागुन ६ गते महाशिवरात्रीसम्म चल्ने छ । फागुन ६ गते स्थानीय नाच, सोरठी नाच, मयुर नाच लगायतका सांगीतिक कार्यक्रम रहने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation