कृषि उत्पादनकाे आत्मनिर्भर बजारीकरणमा प्रतिबद्ध बनाैँ: लिला गिरी

स्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ ।  प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको महोत्सवको समृद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री लिला गिरीले गरे ।

महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथी गिरीले प्रदेशकै प्रमुख गौरबको रुपमा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । साथै बाग्दुला -भिमगिठे सडक निर्माण बिस्तार प्रक्रियामा लैजान पहल थाल्ने पनि जिकिर गरे ।

 

मुख्यमन्त्री गिरीले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिनाभित्र समाधान हुने दाबी गरे । संघ तथा प्रदेश सरकारले समग्र विकास र निकासका विषयमा नीति बनाउन आफू पनि जाेडबलले कृयाशिल रहेको उल्लेख गरे ।

गिरीले किसानको क्रय शक्ति बढाउने गरि प्रदेश सरकार,स्थानिय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । उनले मुलुक अर्थतन्त्रको आडमा चलेको बताउदै आत्मनिर्भर हुने गरि कृषिको विकास गर्न प्रदेश सरकारले नीति बनाउन लागेको बताए । प्रमुख अतिथी गिरीलाई आयोजकले सात बुदे मागसमेत पेश गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र संवर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्लाका सबैजसो सरकारी कार्यलय तथा गैरसरकारी संघ सस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रदेश सांसद, विभिन्न पार्टीका नेताहरु, जनप्रतिनिधि, पत्रकार एबम व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ। उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने र महोत्सवबाट संकलन हुने रकमबाट वाणिज्य सभाहल र पर्दशनि स्थल निर्माण गरिने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation