प्रदेश स्तरीय प्रदर्शनीमा चर्चीत कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति

घोराही, ४ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका छन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । महोत्सवको दोस्रो दिन चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवको दोस्रो दिन चर्चीत गायक टंक तिमल्सीना, गायीका भूमीका गिरी, गायक प्रकाश पराजुली, शालिकराम चौधरी, कोष खड्का, शान्तराम सेञ्चुरी लगायतले प्रस्तुति राख्नुभएको थियो । टंक तिमल्सीनाले चर्चीत गीतहरु दुई दुना चार, मेरी चम्पा, सनसनी सनसनी, हेर्दा लाग्छ दयालु लगायत गीतहरु प्रस्तुत गर्नुभएको थियो । गायीका भूमीका गिरीले चोली मैलै भो, तारासँगै जुन, तिहुन मिठो बनायो चुकैले, छाति चर्कीयो मनै धर्कीयो, गोरखपुरको सलाई लगायतका चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै मञ्जरी मञ्जरी, खोई त हासेको, सरर भागौला र शालिकराम चौधरीले चौतारी सितलु, साली हो बरको छायाले, धान कुटी चामल लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रदर्शनीमा सय बढि कृषी तथा साना एवं घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको स्टल रहेका छन् । प्रदर्शनीमा लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको व्यवस्थापनमा जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता, विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीता पनि बुधवारदेखी सुरु भएको छ ।

शुक्रवारका कलाकारहरु

महोत्सवको तेस्रो दिन शुक्रवार पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । शुक्रवार कलाकारहरु गायक चन्द्र शर्मा, गायीका शान्ति श्री परियार, गायक रोशन रत्गैया, कलाकार माधव जोन खत्री लगायतको प्रस्तुति रहने छ भने जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता र लोक नृत्य प्रतियोगीता पनि हुने सांस्कृति संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation