एक सातामा राजनीतिक काेर्स अर्को कित्तामा जान्छ: कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा कानुनविद्हरुसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

लेखकले अबको हप्ता १० दिनभित्रै नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । एमाले विचलित भइरहेको भन्दै उनले अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको टिप्पणी गरे ।

‘संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता–१० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ,’ उनले भने ।

प्रमुख सचेतक लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र कार्यान्वयनका मुद्दामा जनताले नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको दाबी समेत गरे । उनले भने, ‘राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै संख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ । सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation