आज बद्री पंगेनीसँग झुमे दर्शक, भाेलि पशुपति शर्मा र प्रचण्डकाे बेजोड प्रस्तुति

 

फागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन ।

आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर, मोडल तथा डान्सर अञ्जली अधिकारी, बिमल अधिकारी लगायत स्थानीय कलाकारले माहोल तताएका हुन । महाेत्सवमा आज डान्स आईडल र लोक दोहोरी प्रतिस्पर्धा पनि भयाे । फागुन ६ गते प्युठान डान्स आईडलमा प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाका प्रतियोगीले प्रस्तुति राखेका थिए । जसबाट १४ जनाले आगामी यात्रा तय गरेका छन ।

त्यसैगरी स्वर्गद्वारी नगरपालिका र नौबहिनि गाउँपालिकाबीच दोहोरी प्रतियोगिता सम्पन्न  भएको छ ।

त्यस्तै भोलि अर्थात फागुन ७ गते चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा लगायतका दर्जनौ चर्चित कलाकारहरुकाे बेजोड प्रस्तुति रहने आयाजकले जनाएको छ । प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यका अनुसार भाेलि टिका प्रसाईं, लेखराज गुरुङ, प्रचण्ड जिसी र  दिपु पुन मगरको प्रस्तुति रहनेछ । कार्यक्रममा प्युठान डान्स आइडल र लोक तथा दोहोरी गित प्रतियोगिता समेत संचालन हुनेछ ।

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको “कृषि पर्यटन उद्योग  र ब्यापार: रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ  सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation