प्रजातन्त्र दिवसकाे अवसरमा हेमराज स्मृतिकाे नि:शुल्क स्वास्थ्य शिविर

केशर सुनार,प्युठान

प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोलामा प्रजातन्त्र दिवराज सको अवसर पारी हेमराज शर्मा स्मृति प्रतिस्ठानको मुख्य आयोजनामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सन्चालन गरिएको छ । प्रतिस्ठानका अध्यक्ष एवम हेमराज शर्माका जेठा छोरा मुक्ति प्रसाद शर्माको अध्यक्षतामा सन्चालन गरिएको उक्त शिविर आज बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म सन्चालन गरिने छ । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद निमा गिरी प्रमुख अतिथी, नगरपालिकाका नगरप्रमुख बिष्णु योगिको बिशेष आतिथ्यता रहेको थियो भने छाति रोग विशेषज्ञ एवम प्रतिस्ठानका सचिब नमराज शर्माले शिविर टिमकाे नेतृत्व गरिरहेका छन् ।

कार्यक्रममा नगरप्रमुख बिष्णु योगि र सांसद निमा गिरीले सुभकामना मन्तव्य राख्दै अथक क्रान्तिको प्रयासपछी प्रजातन्त्र स्थापना गर्न सकिएको र यस्ता समाजसेवामुलक कार्यक्रमहरु हुनुपर्ने बताएका छन । शिविरमा छाती रोग तथा विशेषज्ञ,हाड तथा नसा रोग विशेषज्ञ,मनोरोग विशेषज्ञ, प्रसुती तथा विशेषज्ञ,बालरोग विशेषज्ञ,सामन्य चिकित्सा विशेषज्ञ,सामान्य चिकित्सा,लगायतका विभिन्न रोगका सम्बन्धित विशेषज्ञहरुबाट सेवा दिईने भएको छ ।

त्यस्तै विशेषज्ञ सेवाको अतिरिक्त दमको मेसिनबाट(PTF) परिक्षण, ४० बर्ष माथिका लागि चिनी रोग(सुगर) को परिक्षण,रक्तचाप परिक्षण,भि.आई.ए परिक्षण र सिलिकनको रिङ पेसरी राख्ने जस्ता विभिन्न सेवा समेत उपलब्ध गराईने भएको छ । यो समाचार तयार पारिसक्दा उक्त शिविरमा १ सय बढी बिरामिहरु उपस्थित भएको र स्वर्गद्वारी क्याम्पस र नेपाल स्वास्थ्यकर्मी संघ प्युठानले व्यवस्थापन सहयोग गरिरहेको हेमराज शर्मा स्मृति प्रतिस्ठानका कोषाध्यक्ष एवम् कार्यक्रम सन्चालक कमल पोख्रेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation