प्रदेश स्तरिय प्रदर्शनीमा नयाँ प्रतिभालाई अवसर

 

घोराही, ६ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नयाँ प्रतिभाहरुलाई सांस्कृतिक कार्यक्रममा स्थान दिईने भएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा स्थानीय प्रतिभाहरुलाई मञ्च प्रदान गरिने आयोजक मूल समितिले जानकारी दिएको छ । स्थानीय साना तथा घरेलु उद्योगबाट उत्पादिन वस्तु र कृषकहरुले उत्पादन गरेको कृषी सामाग्रीहरुको प्रदर्शनी गर्ने उद्धेश्यकासाथ आयोजनमा भएको महोत्सवमा स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउनकालागी मञ्च प्रदान गरिने आयोजक मूल समितिका संयोजक प्रदीप मजयैगाले जानकारी दिनुभयो ।

साथै त्यस्ता प्रतिभाहरुले सचिवालयमा सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेको छ ।
स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवापु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation