कमाईसँगै वचत गर्ने बानीको विकास गरौँ : भण्डारी

 

 

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले कमाईसंगै वचत गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको छ ।  उहाँले थोरै कमाएर पनि वचत गर्ने बानीको विकासले आर्थिक समृद्धिको बाटोमा जान सकिने बताउनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले आइतबार दाङको घोराही बाह्रकुनेमा गरेको बनभोज कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष भण्डारीले संस्थाका नीति कार्यक्रमप्रति  जानकार र जिम्मेवार हुन संचालक समिति, उपसमिति र कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सहकारीमा सबै प्रकारका बैंकिङ सेवा पाउने गरि विकास गरिरहेको बताउनुभयो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले हाम्रो पहुँच सरकारीस्तरकै कार्य गरिरहेको बताउनुभयो । उहाँले सहकारी संस्थाल नाफाको आकार बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुई वर्ष भित्र कारोबारको आकारलाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार भरत भण्डारीले संस्थालाई अझ नमुना बनाउन सक्रियता बढाउनुपर्ने बताउनुभयो । संस्थाका सेवाग्राहीलाई असन्तुष्टि प्रवेश गर्ने वातावरण निर्माण नगर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो । कारोबार, व्यवहार र  कर्मचारीको इमानदारीताकै कारणले सामुहिक एकता विकास भएर संस्थाको अहिलेको उचाइ पुगेको उहाँको भनाइ छ ।

संस्थाका सल्लाहकार ढुण्डीराज खनालले २५ जनाबाट शुरू भएको हाम्रो पहुँच सहकारी आजको उचाइमा आउनुमा सबैको भूमिका महत्वपूणर् भएको बताउनुभयो । अर्का सल्लाहकार राम बहादुर वलीले हाम्रो पहुँचले जनमुखी सहकारी संचालन गरेको कारण सप्तरंगी बहुमुखी सहकारी मर्ज गरिएको बताउनुभयो ।

शिक्षा ,तालिम तथा अध्ययन उपसमितिका  संयोजक जीवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation