रमना पाठशालाकाे दाेस्राे वार्षिकाेत्सब, आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म पठनपाठन हुने

दाङकाे घाेराही उपहानगरपालिका १२ मा अवस्थित रमना पाठशालाले आफ्ना दाेस्राे वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न गरेकाे छ । पाठशालाको साे वार्षिकोत्सब समारोहमाकाे सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बुढ़ा रहेका थिए भने प्याब्सन दाङका अध्यक्ष मदुसुदन केसीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे।

वार्षिकोत्सबकाे पूर्वसन्ध्यामा साताव्यापी विविध खेलकुद तथा अतिरिक्ति क्रियाकलाप गरेको साे विद्यालयले  आइतबार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुखृ अतिथि तथा प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीले विद्यालयले सिमित स्राेत र साधनका बावजुत पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा देखाएको अग्रसरता र विद्यार्थीहरुकाे रचनात्मक कला प्रदर्शनीले आफू निकै खुसी भएको बताउँदै व्यवस्थापकीय चाँजोपाँजो राम्रो मिलेकाे खण्डमा निकट भविष्यमै थप शैक्षिक सफलता प्राप्त गर्न सफल हुने बताएका छन् ।

कार्यक्रममा अन्य वक्ताहरू क्रमस: शैक्षिक निर्देशक कृष्णदेव थापा, अतिथिहरूबाट केसव रिजाल, निर्मल न्यौपाने, विष्णु प्रसाद दाहाल र राजेन्द्र श्रेष्ठ, अभिभावक निमु गिरी लगायले पनि विद्यालयकाे उनन्नयकाे कामना गर्दै शैक्षिक गुणस्तर सुधारमा सबै लाग्नुपर्ने  धारणा व्यक्त गरे ।

 

विद्यार्थीमा शैक्षिक पाठ्यक्रममा रहेकाे ज्ञानकाे अलावा उनीहरूकाे रचनात्मक र सिर्जनात्मक ज्ञानकाे पनि राम्रो विकास हाेस् भन्ने हेतुले नियमित रुपमा अतिरिक्त साँस्कृतिक कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल विष्णु हमालले बताए ।

उनले विद्यालयलाई नयाँ व्यवस्थापनका साथ शैक्षिक गुणस्तरता प्रदान गर्न विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावककाे सबैखाले समन्वय जरुरी रहेकाे उल्लेख गर्दै साे प्रकारकाे त्रिकाेणात्मक संयाेग मिलिरहेकाेले निकट समयमै विद्यालयले शैक्षिक जगतमा फड्को मार्न सफल हुने जिकिर गरे ।

 

कार्यक्रमकाे अवसरमा विज्ञान तथा कला प्रदर्शनी गरिएको थियो । रमना पाठशालाको दोर्सो वार्षिकोत्सव समारोहमा  कार्यक्रम संचालन सोही स्कूलकी शिक्षिका सरमिला हमालले र  शिक्षक  नोहीत बम रसाइली तथा कक्षा ९ मा अध्ययनरत छात्र मनाेज बिकले गरेका थिए ।

विशिष्ट अतिथिहरुले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालयकौ अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए । कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, छात्रवृति कोष संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी,  पत्रकार लगायतको उपस्थिति रहेको थियो । छिमेकी विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षक बिमल बुढ़ाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मदुसुदन के सी सञ्चालक समितिका कृष्णदेव थापा, अभिभावक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । हाल कक्षा नाै सम्म अध्यापन गराइरहेकाे साे विद्यालयले आगामी शैक्षिक शत्रबाट १० कक्षाकाे स्विकृतकाे अन्तिम प्रक्रियामा रहेकाेले आगामी बैशाखदेखि १० सम्मै पठनपाठन गरिने विद्यालयले जनाएको छ ।

कार्यक्रमका अवसरमा शैक्षिक प्रदर्शनी, विभिन्न क्रियाकलापहरूका ब्यानर प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, तेक्वान्दो कला प्रदर्शनी ,शैक्षिक तथा खेलकुद पुरस्कार वितरण आदि गरिएको प्रिन्सिपल हमालले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation