आहा! पुर्खाको वीरता झल्काउने  स्टल नं ३८ को भोजपुरे खुकुरी

 

हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको पौरख रास्ट्रको गौरब” र भोजपुरे खुकुरी ह्यान्डिक्राफ्ट” जस्ता नाराहरुसहित “बाजेदेखी नातिसम्म आफ्नो पेशालाई निरन्तरता दिदै आएको”  मुल नारा राखिएको  महोत्सव हेर्न आउने दर्शकहरुको झर्लक्क नजर पर्ने ठाउँ हो भाेजपुरे खुकुरी भएको स्टल ।

उक्त स्टलमा सिरुपाते, बुधुने, आहाल्खोल, तरबार, सामुराई जस्ता विभिन्न थरिका  खुकुरी अन्य हातहतियार देख्न सकिन्छ । यस्ता खुकुरीहरु अहिलेको पुस्ताले चिन्न नसकेको प्रती प्रोपाईटर पुर्ण बहादुर बिश्वकर्माले आफ्नो गुनासो हामिलाई बताएका छन ।

खुकुरीलाई बनाउँदा लाग्ने लागत अनुसार मुल्य तोक्दा भनेजस्तो मुल्यमा बिक्रि नभएको उहाँका छोरा पारस बिक बताउछन ।

खुकुरीको गुण र आकारअनुसार मुल्य तोकिएको र १ हजार देखि ६ हजार ५ सय सम्मको खुकुरी रहेको बिक बताउछन । महोत्सबको पाचौं दिनसम्म आईपुग्दा १० भन्दा बढी खुकुरी बिक्री भैसकेको छ । आधुनिक पुस्ताले पुर्खाहरुको परम्परागत सामान चिन्न नसक्नु र सस्तो खोज्नाले वीरताकाे इतिहासमासँग जाेडिएका ऐतिहासिक सामानहरु ओझेलमा पर्ने समस्या रहेको बिक बताउछन ।

स्टल नं ३८ भोजपुरे खुकुरीको उत्पादन भोजपुरमै गरिन्छ भने सुर्यबिनायक ६ पाण्डुबजार भक्तपुरमा स्वरुप अर्थात बिक्री केन्द्र रहेको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको “कृषि पर्यटन उधोग र ब्यापार: रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ  सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation