भारतको वेश्यालयमा बेचिएकी एक चेलीको उद्दार, घटनामा संगलग्न पक्राउ

जागिर लगाइदिने प्रलोभनमा भारतको कोठीमा बेचिएकी एक युुवतिलाई प्रहरीले मुुक्त गरेको छ भने सो बेचबिखन अभियानमा संगलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । गत माघ २१ गते जिल्ला दाङ घोराही १४ लखनपार्क नजिकै रहेको होटलको साहुनी वर्ष ३९ की टोपली सार्कीले वर्ष २० कि युुवतिलाई बोलाई भारतको चन्ढीगढ भन्ने टाँउमा नोकरीको लागी जादैछौ, धेरै तलब पाईन्छ राम्रो हुन्छ भनि प्रलोभनमा पारी पिडितलाई बिस्वासमा पारि सोही दिन घोराही(नेपालगंजको बाटो बाट रूपैडिया हुदै भारतको चन्ढिगढको यौनजन्य कार्यहुने बुुझाइएको प्रहरी अनुुसन्धानमा खुुलेको छ ।

पीडकले कोठीमा लगि कोठीको मालिक सँग पिडितलाई मोटो रकममा बिक्रि गरी अग्रिम रूपमा अन्यायी टोपली सार्कीले केही रकम बुझ्दा पिडितले आफु विक्री भएको कुरा थाहा पाई आफ्नो घर जान्छु भन्दा निजहरूले घरमा जान पाईदैन यही कोठीमा बसी यौनजन्य काम गर्नुपर्दछ, अन्यथा जे पनि गर्न सक्छौँ भनि धम्की दिएका थिए । जबरजस्ती वेश्यावृत्तिमा लगाएको १२ दिनसम्म लगातार पिडितको यौन शोषण भईराखेको अवस्थामा पिडितको आमाले सो कुराको जानकारी पाई मिति २०७९।१०।२२ जिल्ला प्रहरी कार्यालयमा निजको छोरी मानब बेचबिखनमा परेको भनि उजुरी दिएकी थिइन् । तत्पश्‍चात तत्काल प्रहरी परीचालन गरी, विभिन्न संघ सस्था तथा माइति नेपाल समेतको समन्वयमा पिडितलाई उद्दार गरिएको हो ।

निज चेलीलाई बेचबिखन गर्नेहरुलाई यहि फागुुन ४ गते जिल्ला दाङ घोराही १४ बस्ने वर्ष ३९ कि टोपली सार्की र सोही ठाउँ बस्ने वर्ष ५२ को बिमुसा सार्कीलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा आयोजित आजको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation