Pranmancha

Advertisment

SKIP THIS

प्युठान डान्स आईडलमा उत्कृष्ट १० प्रतियोगी छनोट 

 

स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले जानकारी दिएका छन् ।

खानले भने, ‘निर्णायकको मूल्यांकन तथा दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्नेछौं ।’ भोटिङ भोली बुधबार देखी सुरु हुने आयोजकले बताएको छ ।

आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन् । उत्कृष्ठ १० जना प्रतियोगी छनौट भएसंगै भोटिङ सुरु गरिने छ। मेला हेर्न आउने दर्शक भोटिङमा सहभागी हुनेछन् । प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ।

प्रतिस्पर्धीहरुको नृत्य प्रतिभाको मूल्याङ्कन नृत्य निर्देशिका बबिता धिताल, बबिता बोहोरा तथा नृत्य निर्देशक साहिर केसीले गर्दै आएका छन्।

प्यूठान डान्स आइडलले जिल्लाका ९ वटै स्थानिय तहमा पुगि नृत्य प्रतिभा छानिएको

हो आइडल कार्यक्रम मार्फत जिल्लाको नृत्य प्रतिभा राष्ट्रिय स्तरसम्म चिनिने अवसर प्राप्त हुनेछ ।’ नेपाली नृत्य कला संस्कृतिलाई संरक्षण गर्न तथा नृत्य प्रतिभाको प्रस्फुटन गराउन प्यूठान डान्स आइडल कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवम् प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताए ।
उत्कृष्ठ १० जनाको नामावली
१.एलिसा थापा मल्लरानी गाउँपालिका
२.मनिषा घर्ती नौबहिनी गाउँपालिका
३.विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका
४.सृष्टि रेग्मी झिम्रुक गाउँपालिका
५.सायना सुनार प्यूठान नगरपालिका
६.अर्जुन भण्डारी प्यूठान नगरपालिका
७. रेजिना केसी गौमुखी गाउँपालिका
८.सरस्वती घर्ती मगर प्यूठान नगरपालिका
९.अञ्जली जिसी प्यूठान नगरपालिका
१०.मुन्नी घर्ती प्यूठान नगरपालिका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation