Pranmancha

Advertisment

SKIP THIS

सबै दललाई सरकारमा आउन दाहालकाे आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटार बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत पनि गरेका छन्।

आठ दलको बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री दाहालले  बैठकमा ओलीसँग आज भएको लामो भेटवार्ताको व्रिफिङ गरेका थिए। उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएको दाहाल बताए।

‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,’ ओलीको भनाइ उधृत गर्दै दाहालले वैठकमा सहभागीलाई यो कुरा बताएको नेता महतोले जानकारी दिएका छन। प्रधानमन्त्री दाहालको प्रस्तावलाई ८ दलले सकरात्मक लिएको पनि नेता महतोले बताएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation