


प्यूठान डान्स आईडलको बिजेता स्वर्गद्वारी नगरपालिका बाट प्रतिनिधित्व गर्दै आएकी बिरा घर्ती भएकी छिन । स्वर्गद्वारी प्युठान पाचौं महोत्सव मा संचालित प्युठान डान्स आईडलबाट बिरा घर्ती प्रथम स्थान हासिल गर्न सफल भएकी हुन ।
त्यस्तै चौथो स्थानमा मल्लरानी गाउपालिका बाट प्रतिनिधित्व गर्दै आएकी एलिसा थापा भएकि छिन भने पाचौ स्थानमा प्युठान नगरपालिका बाट प्रतिनिधित्व गर्दै आएका अर्जुन भन्डारी भएका छन ।
प्रथम,द्वितीय र तृतीय हुनेले क्रमश:५५ हजार ५ सय पच्पन्न,३३ हजार ३सय तेत्तीस र २२ हजार२ सय बाईस ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको “कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको स्वर्गद्वारी प्यूठान पाचौ महोत्सव फागुन ४ गतेदेखि फागुन १४ गतेसम्म चल्नेछ।