सहिद सप्ताहकाे अवसरमा नेकपा सल्यानले गर्‍याे सहिद अभिनन्दनसहित विविध कार्यक्रम

पुष्कर पन्त सुनार
फागुन १४
सल्यान /

नेपाल कम्युनिस्ट पार्टी सल्यानले २८औं बलिदान दिवस मनाएको छ। जिल्लाकाे बागचाैरमा नेकपा सल्यानले एक बिशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको हाे। बलिदान दिवसकाे अवसरमा नेकपा सल्यानले बागचाैरमा कार्यक्रम गर्नुपुर्व एक र्याली निकालेकाे थियोे । बागचाैर बजार परिक्रमा गरेर पार्टीको र्याली शहीदगेट पुगेर काेणसभामा परिणत भएको थियो ।

काेणसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तिव्युराे इन्चार्ज कमरेड सविन सीले नेपाली जनताले जनयुद्ध मार्फत राखेका इच्छा चाहना र उद्वेस्य पूरा नभएको हुनाले आफ्नो पार्टीले क्रान्ति जारि राखेको बताउनुभयो । व्युराे इन्चार्ज कमरेड सविन सीले प्रचण्ड बावुरामहरुले क्रान्तिमा जनतालाई धाेका दिएर बिचमै छाेडेका शहीदका सपना पकडेर आफ्नो पार्टीले क्रान्ति जारि राखेको बताउनुभयो ।

काेणसभापछि अर्को बिशेष कार्यक्रम गरेर पार्टीले शहीद परिवारलाई अभिनन्दन गरेको थियो । शहीद सप्ताहकाे पहिलो दिन गरिएको साे शहीद परिवार अभिनन्दन कार्यक्रममा शहीद परिवारहरुकाे तर्फबाट आफ्ना धारणा व्यक्त गर्दै शहीद कमरेड झक्कु प्रसाद पुन ‘निर्मम’ कि जिवनसंगिनी कमरेड हेमन्ता सीले शहीदका सपना पूरा गर्न आफ्नो जीवन नै बाजि लगाउनु परे पनि आफू तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज कमरेड अनिल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा राप्तिव्युराे कार्यालय सदस्य कमरेड बिकास सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज कमरेड भीम सी,अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य हरि पुन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपा दक्षिण जिल्ला सचिव कमरेड वीर बहादुर सीकाे अध्यक्षता र उत्तर जिल्ला सचिव कमरेड मदन सीकाे संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई पार्टीका बागचाैर नगर इन्चार्ज कमरेड टाेप बहादुर सीले स्वागत मन्तव्य दिएर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation