घोराहीमा सोमवार प्रकाश सपुतको प्रस्तुति

घोराही, १४ फागुन
नेपाली सांगितीक क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको सोमवार घोराहीमा प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी – २०७९’ को १३ औँ दिन सोमबार नेपाली संगितिक क्षेत्रका बहुप्रतिभाशाली गायक प्रकास सपुतको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ

सपुतको गलबन्दी त्यातियो तिमले तानेर, तिम्रो मायाले मलाई पिर दियो, कुरा बुझ्नुपर्छ, बोल माया एक बचन बोल, फुटेको चुराले लगायतका गीतहरु चर्चीत छन् । सपुतसँगै कलाकारहरु, जे.बी वली, विजय परियार, गोमा रिजाल लगायतका कलाकाहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation