प्यूठान महोत्सवमा टिकटक बनाउने ८ जनाले पाए पुरस्कार

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को अवसरमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार बितरण गरिएको छ । आज महोत्सव समापनको अवसरमा उत्कृष्ट ८ जनालाई नगद सहित पुरस्कार प्रदान गरिएको हो ।

महोत्सव शुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक बनाउने र महोत्सव अबधिमा टिकटक बनाउने गरी दुई बिधामा पुरस्कार दिईएको डिजिटल मेला महोत्सव प्रवर्द्धन समितिका अध्यक्ष डिल्लीराज पराजुलीले जानकारी दिएका छन ।

महोत्सव हुनुभन्दा अघि बनाएको टिकटकबाट उत्कृष्ट हुने पदम बहादुर केसीले १५ हजार रुपियाँ सहित प्रथम पुरस्कार प्राप्त गरेका छन ।                                                                त्यसैगरी इन्द्र आचार्यले ५ हजार नगद सहित पुरस्कार पाएका छन भने । सान्त्वना पुरस्कार विष्णु  पोख्रेलले ३ हजार र बिबेक लिम्बुले ३ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन ।

महोत्सव अबधिमा टिकटक बनाउने गोकुल नकर्मीले प्रथम पुरस्कार रु १५ हजार रुपियाँ प्राप्त गरेका छन । त्यसैगरी दित्तिय पुरस्कार रबि चन्दले रु   १० हजार, तृतीय पुरस्कार प्रकाश जिसिले रु ५ हजार रुपियाँ पाउनुभएको छ । शान्त्वना नितु मगरले रु ३ हजार रुपियाँ पुरस्कार पाएका छन ।

यस्तो खाले टिकटक प्रतियोगिताले महोत्सवको प्रचारप्रसारमा ठुलो सहयोग पुगेको सह-संयोजक एलबी थापाले बताएका छन । आगामी दिनहरुमा यी यस्ता खाले कार्यक्रमहरु अरु समयमा पनि गर्न प्रेरणा मिलेको उनको भनाई रहेको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको “कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ  सन्चालन गरिएको स्वर्गद्वारी प्यूठान पाचौ महोत्सव फागुन ४ गतेदेखि सन्चालन भई फागुन १४ गते अर्थात आज समापन गरिएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation