नेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन । यसैक्रममा गायक एबम संगीतकार मोहन नेपालीको एकल आवाजमा आधुनिक “बिजी कान्छी” बोलको गीत आईतवार सार्वजनिक भएको छ ।
आफुले माया गर्ने मान्छे सधै व्यस्त हुने र कत्ती पनि समय नदिदा मनै खिन्न हुने माया गर्ने प्रेमी प्रेमिका हरुको वेदनालाई गीतको माध्यमवाट पर्दामार्फत देखाउन खोजिएको छ । साथमा प्रेमी प्रेमिकाले गर्ने माया पिरिमलाई शब्दको भावमा राखेको भिडियोमा देख्न सकिन्छ । उक्त म्युजिक भिडियो बिक्रम चौहानको निर्देशनमा तयार पारिएको छ । मोहन नेपालीको एकल आवाज मा रहेको उक्त आधुनिक गीतमा चर्चित हास्यव्यङ्ग्य कलाकार तथा मोडल बेगम नेपाली (भटभटे माईला) र चर्चित मोडल करिष्मा ढकालको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
मुन्धुम स्टुडियो मा तयार पारिएको गीतको रेकर्ड बादल लिम्बूले गरेका छन भने उक्त गीतको छायांकन बिरेन्द्र परियारको टिमले गरेका छन् । कलरिंग अनिल बिष्ट प्यूठानीले गरेका छन् भने भिडियो सम्पादन पनि अनिल बिष्ट प्यूठानीले नै गरेका हुन् । ” बिजी कान्छी ” म्युजिक भिडियो मोहन नेपाली अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरीएको छ । मोहन नेपालीको यो भन्दा पहिले दर्जनौ गीतले चर्चा कमाईसकेका छन । नेपालीको “बिजी कान्छी” बोलको गीतले यतिबेला चर्चा कमाउने क्रममा रहेको छ ।