बैतडीमा शिक्षकले कुटे जनप्रतिनिधि

बैतडीमा शिक्षकले जनप्रतिनिधिमाथी कुटपिट गरेका  छन् । जिल्लाको सिगास गाउँपालिका ६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् ।

शेरा लेकम सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथी कुटपिट गरेका हुन् । वडा सदस्य साउँदका टाउको र औँलामा चोट लागेको छ  । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको  बताए ।
वडा अध्यक्ष तेज बहादुर साउँद काम विशेषले धनगढीमा छन् । कार्यबाहक अध्यक्षको रुपमा कृष्ण बहादुर साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताएका छन् ।
घटनाको बारेमा जानकारी भएको र वडा अधयक्ष सहित बसेर आवस्यक प्रक्रियामा जाने उपाध्यक्ष धाना धामीले बताइन् ।
आरोपीत शिक्षकलाई यस विषयमा बुझ्न खोज्दा फोन नउठेको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation