प्यूठानमा मोटरसाइकल चालकको मृत्यु

प्यूठानमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । माण्डवि गाउँपलिका-५ आपचौरमा बाटो खन्दै गरेको डोजरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
बरौलाबाट बिजुवारतर्फ आउदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकललाई बाटो खन्दै गरेको ना १ क ३११६ नम्बरको जेसीबीले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालकको जिल्ला अस्पताल बिजुवारमा ज्यान गएको र मोटरसाइकल पछाडि रहेकि  महिला घाइते भएकि छिन । घाईते महिलाको जिल्ला अस्पताल प्यूठानमा उपचार भैरहेको छ भने दुबै जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation