


प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्षको उम्मेदवारी परेको छ ।
अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट प्रेम बहादुर विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती मगर ‘आभास’ र कोषाध्यक्षमा अनुषा गौतम लगायत ७ जनाले प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिएका छन् । सोहि क्याम्पसमा २ वटा संगठनको उम्मेदवारी दर्ता भएको क्याम्पस स्रोतले जनाएको छ ।
स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नेविसंघ,अनेरास्ववियु,अखिल क्रान्तिकारी(विप्लव) र अखिल छैठौंबीच तालमेल भएको छ । त्यस्तै संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी,सचिवमा भुपेन्द्र केसी र कोषाध्यक्षमा नीता बुढाथोकीको उम्मेदवारी रहेको क्याम्पस स्रोतले जनाएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव आगामी चैत्र ५ गते हुने भएको छ ।