
माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।
सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्तिसम्झौताको मर्म र भावनाविपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेको छ।
माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलगअलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णयप्रति असहमति जाहेर गरेका छन् ।