सन् २०२७ सम्म नेपालको एकदिवसीय मान्यता सुनिश्चित, युएईको सम्भावना गणितीय मात्र

युएईविरुद्धको म्याच जितेपछि नेपाल आफ्नो एकदिवसीय मान्यता कायम राख्न सफल भएको छ । आजको जितपछि नेपाल आइसिसी पुरुष विश्वकप लिग– २ को तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

यससँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय क्रिकेटको मान्यता सुनिश्चित गरेको छ । लिगमा नेपालले अझै दुई खेल खेल्न बाँकी छ । पपुवा न्युगिनी र युएईसँगका बाँकी खेल जिते नेपाल सीधै आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका लागि छानिनेछ ।

नेपालसँगको पराजयपछि युएई भने संकटमा परेको छ । एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सीधै पुग्ने ढोका मात्र बन्द भएको छैन, एकदिवसीय मान्यता पनि करिब–करिब सकिएको छ ।

युएईका लागि अब गणितीय सम्भावना मात्र बाँकी छ । युएईले बाँकी दुई खेल जितेर पाँचौँ स्थानमा रहेको अमेरिकासँग ३५ अंकको बराबरी गर्न सक्नेछ । तर, बाँकी दुई खेलमा अविश्वसनीय रूपमा निकै ठूलो अन्तरको जितले मात्र उसले अमेरिकाको रनरेटलाई उछिन्न सक्नेछ । त्यसो हुन नसके युएई छैटौँ स्थानमा रहनेछ र एकदिवसीय मान्यता गुमाउनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation