प्यूठानमा स्ववियु चुनाव नहुने, भागबण्डामा कसलाई कहाँ ?

प्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी विद्यार्थी भर्नादेखि विद्यार्थीहरु एक आपसमा खुकुरी हानाहान गरिरहेकाे सन्दर्भमा प्यूठानले भने देशभर नमुना पेस गर्न सफल भएको छ ।

लामाे समयकाे प्रयासपछि जिल्लामा सर्वसम्मत स्ववियु गठन गर्न सफल भएको अखिल छैठौंका केन्द्रीय महासचिव सुवास जिसीले प्राणमञ्चसँग बताए । चैत ५ गते हुन गइरहेकाे चुनावी सन्दर्भमा सवर्सम्मत निर्णयमा पुग्नसक्नु ठुलाे सफलता भएको नेविसंघका जिल्ला अध्यक्ष कल्याण केसीले बताए ।

जिल्लामा भएको भागबण्डाअनसार जिल्लाकाे जेठाे क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पस अनेरास्ववियुले पाएकाे छ भने अमर क्याम्पस भिङग्री र प्यूठान क्याम्पस खलंगा नेविसंघले पाएकाे छ । त्यस्तै झिमरुक क्याम्पस बाग्दुला प्रचण्ड निटक अखिल (क्रान्तिकारी)ले पाएकाे छ भने गाैमुखी क्याम्पस मच्छि अखिल छैठौंले पाएकाे छ ।

उता विप्लव निकट अखिल (क्रान्तिकारी) ले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा उपसभापति, सहसचिव, झिमरुक क्याम्पसमा उपसभापति, अमर क्याम्पस भिङग्रीमा सहसचिव पाएकाे संगठनका पूर्व अध्यक्ष यांक पुनले बताए । व्यक्तिवाद र अवसरवादकाे चरम विकृति चलिरहेकाे वर्तमान समयमा सर्वसम्मतकाे स्ववियु गठनले देशभर नमुना सन्देश प्रवाह गर्न सकिएकाे अखिल (क्रान्तिकारी) प्यूठानका अध्यक्ष प्रेम बिश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation