प्यूठानमा डिजिटल पत्रकारिता तालिम सन्चालन

प्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको  मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालको अध्यक्षता तथा प्यूठान नगरपालिका प्यूठानका नगरप्रमुख विष्णु योगिको प्रमुख आतिथ्यतामा होटेल आयुष्मा को सभाहलमा उद्घाटन समारोह सम्पन्न भएको छ ।कार्यक्रमको उद्वाटन गर्दै प्रमुख अतिथी प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगिले पत्रकारिता क्षेत्रमा पुर्ण रुपमा दक्ष भई लाग्नुपर्ने र पत्रकारिताको मर्यादित ढंगले भुमिका निभाउनुपर्ने बताएका छन ।साथै यस क्षेत्रलाई विश्वसनियता कायम गर्नको लागि पत्रकारले आफ्नो वातावरण तयार पार्नुपर्ने जनाएका छन । त्यस्तै नगर उपप्रमुख देवेन्द्र बर्माले आफू पत्रकारिता क्षेत्रमा हुँदाका हिजोका दिनहरुमा पत्रकारिता जटिल रुपमा रहेको र फ्याक्स गर्दा भूगोलका नाम फरक पर्दिने समस्या भोग्नुपर्ने बताएका छन । वर्तमान समयमा राम्रा कुराहरु छिट्टै हराउने र नराम्रा कुराहरु चर्चामै भैरहने यस्ता जटिल समस्याहरुलाई समाधान गर्नका निम्ति रिफ्रेस तालिम नभएको खण्डमा नगरपालिकाले सोही कार्यक्रमको सहयोग गरेको बताएका छन ।बिगतका दिनमा आफुले भोगेका समस्याहरु एवम आधुनिक समयमा डिजिटल पत्रकारिता तालिम सन्चालन गरेको बर्माले बताए ।

सोही तालिममा प्रशिक्षकको रुपमा खोज पत्रकारिता केन्द्र नेपालका महासचिव रामजी दाहाल र कान्तिपुर टेलिभिजन एवं हिमाल खबर  पत्रीकामा आवद्ध पत्रकार मनिष पौडेल रहेका छन । तालिममा नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व जिल्ला अध्यक्ष गिरु प्रसाद भण्डारी, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंहले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमको शुभकामना मन्तव्य उपाध्यक्ष राधिका भुसालको रहेको थियो भने कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ प्यूठानका जिल्ला सचिब प्रकाश बैधले गरेका थिए । तालिम आज ३ गतेदेखी आइतबार ५ गतेसम्म सन्चालन  गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation