फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर जवाफ दिनैपरे अत्यन्तै जटिल हुन्छ ।

हाम्रै मुलुकमा पनि थाहा आन्दोलनका प्रतीक रूपचन्द बिष्ट सामु एकजना उप बुज्रुकले ‘थाहा’ को व्याख्या गरिदिन भन्दा “तेरो दिमागमा प्रदुषण र विलासिता भरिको कुरा जब थाहा पाउँछस् तब थाहाको अर्थ पनि थाहा पाउँछस्” । उनले ३९ वर्षपहिला भण्डारा, चितवनमा भनेको आजैजस्तो लाग्छ । दिमागमा खेल्ने कुरा अणु पनि हुन र परमाणु पनि । सिर्जना पनि हो र ध्वस्तको कारण पनि । उर्जा पनि हो प्रलयकारी नापाक बम पनि ।

यस्तै प्रश्न महान यात्राक्रममा सहयात्रीलाई सोधेको थिएँ । सोध्न सजिलो छ तर जवाफ दिन र सामना गर्न अत्यन्तै गाह्रो । मनमा लागेको कुरा कति बताउन सक्नुहुन्छ ? भन्दा केही नक्कली मान्छेले सोच्याजति सबै भन्न सक्छु भने तर कतिपयले पचास प्रतिशतभन्दा धेरै भन्न सकिदैन की ? भने । हुनपनि सोचेका सबै कुरा व्यक्त गर्न या त पागलै हुनुपर्छ या त सांसारिक मायाजालबाट उम्केको मनुवा । उनीसँग पनि दिल र दिमागै छताछुल्ल पार्ने शब्द र अभिव्यक्ति क्षमता भने हुँदैन । साहित्यकार, कवि र कलाकार विम्ब र प्रतीकमा दिल र दिमाग पोखिन्छन । माइन्ड रिडर र देहभाषाका पारखीलाई भने बुझ्न त्यति गाह्रो पर्दैन ।

मानिस कतिपय अवस्थामा स्वयंलाई चिन्न सक्दैन । उसको औकात अरुले सम्झाइदिनुपर्छ । मान्छे अरुलाई त ढाट्न सक्छ तर आफैंदेखि छिप्न सक्दैन । आफैंलाई झुक्याउन सक्दैसक्दैन् । प्रायजसो नाङ्गो सत्यको हाकाहाकी सामना गर्नपनि ऊ सक्दैन । तर सामाजिक सञ्जालमा भने ऊ नांगिरहेको हुन्छ ।

हरेक क्षण सामना गर्नुपर्ने प्रश्न सबैको फेसबुक चौतारीमा What`s on your mind? मा टागिंएको हुन्छन् । देश विदेशका विभिन्न उमेर जाती, लिंग ,भाषा भाषी र पेशासँगै जोडिएका झण्डै ५ हजारजति मेरा पनि फेसबुक मित्रमण्डिली छन् । मैले एक्टिगं लोकली, थिंकिग गोल्वली भन्ने मान्यता राख्छु । ती कति संवेदनासहित मसँग सरोकार राख्छन् भन्न सक्दिन । केही त राष्ट्रिय÷अन्तराष्ट्रिय ढुस् पनि चिन्दछु । हरेक दिन हैसियत अनुसारको अनेकौं बहस, सोच, तस्बिर कोरिरहेका हुन्छन् ।

तर्क, बिर्तक वा कुतर्क गरेर आफ्नो नग्न औकात, भूमिका र दायित्व किटान गरिराखेका पनि हुन्छन् । तर्कपूर्ण सहमति र आग्रहहिन बिमति जनाउने जागरुक र संवेदनशील व्यतित्वको कमी पनि त्यहाँ हुँदैन । चामलमा बियाँ केही हुनु अर्काे कुरा हो । कसैको नजरमा कोही उचाई थप्दै जान्छ भने कोही बाउन्ने बन्दै । यि अभिव्यक्ति आस्था र भूमिकाका आधारमा हुने कुरा भए । सबैले रुचि, भावना, चाहाना, पेशा, व्यवसायका भूमिका र निभाईरहेका दायित्वका आधारमा आस्था, आग्रह, जोस र उमङ्ग, सपना र यर्थातलाईृ हैसियत अनुसार राख्ने गरिन्छ ।

केही दिनदेखी सरल तर निमर्म प्रश्नको कसले कसरी सामना गरेको छ भनेर सरोकारका केही स्टयाटस नियाल्ने गरेको छुँ । हरेक मान्छेमा रुपमा एउटै देखिएपनि मस्तिष्कमा भने एकैचोटी अनेकौँ मान्छे सक्रिय भइरहेका हुन्छन् । सिधा तरिकाले जिज्ञाशाको सामना सबैले गर्न सक्दैनन् । हाम्रा अवचेतन मस्तिष्कको हार्ड डिस्कमा सञ्चित कयौँ आग्रह, कुण्ठा र चाहाना मौका पाउनेबित्तिकै छचल्किएर पोखन्छिन् ।
अर्काे प्रसँग बिद्युत् चौतारीको पहुँच र त्यसको उपदेयिता । बिद्युतिय चौतारी विश्वभरी छरिएर रहेकाकाहरुको मन र मस्तिष्क साटने थलो बन्दैछ । सेन्सरबाट गुज्रिन पर्ने लेखकका लागि स्वतन्त्र मात्रै हैन, स्वछन्द अभिव्यक्ति माध्याम पनि । व्यक्तिगत रुपमा यसले अन्तरमिलन, अन्तरघुलन र अन्तरसंवाद कायम गरेको छ भने भूमण्डिलिकरण र नयाँ साँस्कृतिक थालनी पनि । कर्पोरेट मिडियाले मिडियालाई राज्य र त्यसको शासक आफु सोच्न थालिसक्या थियो । अब भने कसैको नियन्त्रणमा रहेन । सत्ता र शक्ति नियन्त्रित मिडिया मिसनको धज्जी उडाएर एकाधिकार सूचना सम्राज्यबिरुद्ध ब्लगमिडिया बन्दै इराकमा भूमिका पनि निभाईसक्यो । विद्युतिय चौतारी क्षमताको प्रदर्शन, दक्ष जनशक्तिको खुला बजार, अन्तरजाती र अन्तरसाँस्कृतिको अन्तरघुलन पनि बनिसकेको छ । यसरी यो क्रमशः जीवनको हिस्सा बन्दैछ । आवेगीहरुलाई गोपनियता र हैसियतको रक्षा गर्ने भने अब थप चुनौति बन्यो ।

प्रविधीले दिएको सुविधाले ज्ञान र सूचनाका क्षेत्रफल फैलिँदै जान्छन् । भिसा बिनाको सम्र्पक यात्रालाई भाषा अब अवरोधक बनेन । अनुवाद गर्ने धेरैथरीका एप्प्स आइसगे । अझ सामाजिक सन्जालमा सोच अनुसारका मित्र बनाउने वा हटाउने सुविधा त छँदैछ ।
मैले पछिल्लो पटक फेसबुक चौतारीमा २ वटा लेख शेयर गरेको थिएँ । पहिलोमा आर्दश प्रतीक नेपाली कांग्रेसका सशस्त्र सर्घषका जिउँदा नायक कंगालको नालिबेली, अवस्था, धारणा र पार्टीले गरेको उनिप्रतिको व्यवहार थियो । अस्वस्थ र अभाबमा रहेका कंगाल प्रति चौतारीका मित्रहरुले देखाईएको सदभावले अझै आर्दशलाई सम्मान गर्नेहरुको कमी दुनियाँमा छैन् भन्ने देखाउथ्यो भने दोस्रो थियो नेपाली धर्तीमा भएका गरेका ज्ञातबिद्रोहका आधार र सन्देश । अथवा अहिलेको नेकपा एमालेको उद्गम शिर्षक ।

फेसबुकमा गम्भीर पाठकहरु पनि छन् र अनलाईन चौतारीमा लेखेका पनि ।
लेखको पहुँचसँगै ठेगाना पनि पुगेकाले दशकौदेखि बिछोड भएका, पढिएका र सुनिएका तर सम्र्पक नभएका कयौँ मित्र र शुभचिन्तकहरुको विद्युतियपत्रको ओहिरोनैे लाग्यो । बालसखाले थप महत्व राख्थे । त्यसले टेलिसंवाद बढायो, भावना साट्ने मौका मिल्यो ।
प्रविधिलाई सदुपयोग गर्नसके जीवनमै यसको विशेष अर्थ राख्छ । फेसबुक त्यस्तै एउटा माध्यम पनि हो ।
समयको अन्तरालसँगै मूल्य, मर्म र भावनाका ओजन, अर्थ र सन्देश पनि फेरिँदैछन्

मिडियाका फेरिएका स्वरुप, प्रभाव, सामाजिक गतिविधि र त्यसले मानविय जीवनमा पार्ने असर र परिणाम पनि त्यतिनै वेगमय छन् । सञ्चार क्षेत्रको तीव्र विकासले सत्ताधारी मानसिकता र सोच खजमज्यायो । नियन्त्रणवादी सोच एकाधिकार र सरक्षणवादी धारणा भताभुङग भए । राजनीतिक सीमा धेरैहदसम्म नियन्त्रणहिन हुन पुगे । मानिस क्रमशः विश्व नागरिकमा फेरिँदै गयो । भावना विनिमय र वहस थलोका मञ्चहरु विकास हुँदैगए । विश्व यति साँघुरिसकेको छ की एक कुनाको घटनाबाट अर्काे थलो प्रभावमुक्त हुनै सकेन । सकार र नकार कृया र प्रतिक्रिया तुरुन्तै भइहाल्छ । परिवर्तनका अध्यताहरुको अध्ययन र प्रयोगशाला सामाजिक सञ्जाललाई पनि बनाइए । राजनीतिक शास्त्रका विद्यार्थी र अभियन्ताको त अझ बाढी नै लाग्यो ।

आग्रहले मान्छेलाई नयाँ बन्न दिँदैन । यदि कसैले पनि दशकदेखि एउटै विचार राख्छ र धारणा बनाँउछ भने साबित गर्छ की उसले कहित्यै पनि वास्तकिताको सामना गरेन । वैश्विक हलचलबाट अलग थलग राख्यो भनेर बुझेहुन्छ । विषयलाई हेर्ने र बुझने सम्बन्धमा अहिले कयौं मित्रहरु या त आग्रहबाट सताइएका छन् या आफुलाई अपडेट नगरेका । राजनीतिक परिवर्तन नाङ्गों आखाँले देखिन सक्छ तर सामाजिक परिवर्तनको ठम्याई सहजै हँुदैन् ।
नेपालीहरु अहिले विश्वका अनेकौं भूभागमा पुगे ।

कारण, बहाना र अवस्था जे सुकै भएतापनि, जुन अवस्था रहेतापनि उनीहरुको भावनात्मक सम्बन्ध कर्मभूमिभन्दा मातृभूमिसँग रहनु स्वभाविकै हुन्छ । जहाँ गएपनि विगत परिचयपनि साथै जान्छ । विद्युतिय चौतारीको व्यापकता र पहुँचले भौतिक दुरि साँघु¥याईदियो । भावना साटनेका लागी डोल्पाको र हुम्लाको दिनहँु पाचँ पटक शुर्योदय हुने ठाउँ नेप्का परदेशी मित्रभन्दा टाढा भयो ।
अधिकांश फेसवुक मित्र देख्दा निशंकोच भन्न सकिन्छ– अधिकांश चाकर, चाप्लुसवाज र दलाल देखिन्छन् । चाकरी र दलालीको चरित्र अब फेरियो । हैसियत अनुसारका चाकर भए । आग्रही चाकर भने स्वयंसेवी बनेर मालिकको दिलखुस बनाउँछन् । आलोचनात्मक चेत नभएका बौद्धिक चाकर झन समाज, देशकालाई घातक हुन्छन् । दासताका लागि तर्क उत्पादन गर्नु बौद्धिक चाकरी हो । पहिलाका आफ्नै मूल्य, मान्यता, आदर्श, विश्वासको स्वयं खण्डन गर्दै नव चाकरले भने समय, समाज घायल भएको छ । त्यस्ता चाकर र उनका प्रभुलाई चिहानमा पुरिएपछि पनि इतिहासले माफ भने गर्दैन । संसारकै चुत्थो चाकरमा बौद्धिक चाकर हुन्छन् ।

फेसबुकमा आउने संवेदनाहीन शुभकामना र समवेदनाको मान्छेलाई कस्मेटिक व्यवहारमा लतारिरहेको हुन्छ । समाजिक सञ्जालमा देखिने औकात, तुजुग प्रर्दशन, कुण्ठा प्रलाप भनेको डिप्रेशनको लक्षण हो । यस्ता डिप्रेशका अधार र उपचार त मनोचिकित्सकको (साइक्रयाटिस) विषय हो । गोबर भरिएको मस्तिष्कले आखाँ भएका मान्छेलाई पनि दृष्टि भने दिँदैन र भीडमा फेरिदिन्छ । तथ्यले उत्पादन गरेका तर्कभन्दा विश्वासले उमारेका आस्थालाई विश्वास गर्न थाल्छ । तब रसायन शास्त्रको प्रोफेसर पनि शनिदेव पुज्न थाल्छ र माक्र्सका अनुयायी पनि ज्ञान र धन प्राप्त गर्न मुर्खताका परााकाष्टा पोस्टाएर आध्यात्मवादी ठहरिन्छन् । विज्ञान र प्रविधिले उन्नत मान्छे बनाउनुपर्ने हो तर अहिले अन्धवादीका नियन्त्रणमा पुगेपछि विज्ञानवादी पनि रुढीवादको जालोमा सहजै पुग्दोरहेछ । हामी सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा देख्ने विषय भनेको जो जति धनाढय र शक्तिमा पुगेको हुन्छ, उ त्यतीनै डरपोक बनेर रुढीवादी र अन्धविश्वासी बन्न्न पुग्दोरहेछ ।

कस्ले के सोचेको छ भन्ने थाहा पाँउनु चुनौति हो । थाहा पाउनु संसारकै सबभन्दा ठूलो चमत्कार । सफल माइन्ड रिडरहरुले पनि अंश मात्रै थाहा पाँउछन् । फेसबुकको धजबतुक यल थयगच mष्लम ? पनि ठूलो डेटा व्यवसाय हो । क्यानाडा निवासी सूचना प्रविधी विशेषज्ञ मित्र भानु पौड्याल सामाजिक सञ्जालले डेटा व्यापार गर्छ भन्छन् । उनी सामाजिक सञ्जालदेखी टाढा छन् । फेसबुक र टयुटरले डाटा बेचेको र चुनावमा हस्तक्षेप गरेको चर्चा भएकै हो । अझ अहिले संसारकै ३३ वटा देशमा हित अनुसारको चुनावी परिणाम बनाउन ठेक्का लिने र २७ देशको सोचेअनुसार परिणाम निकालेको दावी गर्ने इजरायली पूर्वगुप्तचर ताल हनानको कर्तुत नियाल्नु पर्ने गार्जियनले पत्रिकाले छताछुल्ल पा¥यो ।

मान्छेको दिमागमा के खेलिरहेको हुन्छ रहस्यकै विषय हो । हरेक मान्छेसँग अदभूत क्षमता हुन्छ । प्रयोग कति गर्छ उसको क्षमता तिखार्दा भूमिकामा मात्र देखिन्छ । दोस्रो विश्वयुद्धताकाका अमेरिकी सफल राष्ट्रपति रुजवेल्टले आफनो दिमागी क्षमतालाई दश प्रतिशत पनि प्रयोग गर्न नसकेको भनेका थिए ।

अझ इटालीका चिन्तक अन्तोनियो ग्राम्सीकोे दिमागै खतरा छ र सोच्न नसकोस् भनेर फासिवादीहरूले जेलमै सडाए पनि त्यहीँ लेखिएको प्रीजन नोटबुक नामक कति उनीहरुको चिहान खन्ने औजार बन्यो । १९२८ मा २० वर्ष ८ महिनको सजाय सुनाइएका ग्राम्स्कीको गिरफ्तारीबारे मुसोलिनीको प्रतिक्रिया थियो, “यसको दिमागको सोच्ने क्रियालाई लगाम लगाउनुप¥यो” । आफनो मालिकको इक्षा अदालतमा राख्दै सरकारी वकिल माइकेल इसग्रोले स्पेशल ट्रिब्युनलमा भनेको थियो– हामीले यसको दिमागले सोच्न २० वर्षसम्म अंकुस लगाउनु पर्छ ।’

अन्तमा, हरेक प्रशनले मान्छेलाई सोच्न बाध्य पार्छ । फेसबुक चौतारीको सिरानमै राखिएको धजबतुक यल थयगच mष्लम प्रश्नले मौन बसेपनि मलाई अझै जिज्ञासु भने बनाईरहन्छ । जिज्ञाशाले मान्छेलाई सधैँ नयाँ बनाईरहेको हुन्छ । के मान्छेले सोचेको सबै कुरा जस्ताको त्यस्तै व्यक्त गर्न सक्छ ?

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation