![](https://pranmancha.com/wp-content/uploads/2023/03/IMG-20230319-WA00922.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/03/IMG-20230319-WA00922.jpg)
आज भएको स्ववियु निर्वाचनमा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मा शान्तिपुर्ण वातावरण मा निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा सहभागी हुनका लागि क्याम्पसमा ५ ओटा संगठन दर्ता भएको थियोे ।
जसमध्ये नेपाल क्रान्तिकारी विधार्थी संघ ,अनेरास्ववियु,अखिल क्रान्तिकारी ‘बिप्लव’ , अखिल क्रान्तिकारी र नेपाल विधार्थी संघ को प्रत्यक्ष प्रतिस्पर्धा रहेको थियो । जम्मा ११ सय ९२ मतदाता संख्या रहेको उक्त क्याम्पसमा ९ सय ६० मत खसेको छ । जसमध्ये २ सय ४५ छात्र र ७ सय १५ छात्रा को मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन । साथै मतगणना साँझ ८ बजेदेखी शुरु हुने भएको छ ।