प्यूठान । प्यूठानका खेलाडी प्रतिस जिसीले सम्मान पाउने भएका छन । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसी नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै आएका छन । जिसीको खेलप्रतिको मोह उत्कृष्ट रहेको छ।जिसीले उत्कृष्ट खेल प्रदर्शन गर्नुका साथै देश र जिल्लाको नाम चम्काउन योगदान दिए बापत जिल्ला समन्वय समिती प्युठानको संयोजनमा जिल्ला खेलकुद विकास परिषद् र पालिकाहरुले यहि चैत्र १० गते प्युठान जिल्लामा र झिमरुक गाउँपालिकाले यहि चैत्र ९ गते १० बजे पालिका कार्यालयमा सम्मान गर्ने भएको छ । त्यसैगरी झिमरुक गाउँपालिका वडा न.३ र गौमुखी सेकेण्डरी इङ्गलिस स्कुल मच्छीले पनि सम्मान गर्ने जनाएको छ ।