


प्यूठान।प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगीले समतामूलक समाज निर्माणमा संञ्चारकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ । ५८औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसकाे अवसरमा मंगलबार आयुष्मा हाेटल जुम्रीमा आयाेजित जातिय भेदभाव उन्मुलनमा सञ्चारकाे भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन यस्तो बताउनुभएकाे हाे।
नगर प्रमुख याेगीले समाजमा हुने जातीय विभेद लगाएतका अन्य विभेद अन्त्यका लागि संञ्चारले पुर्याएकाे याेगदानकाे चर्चा गदै सधैं बिकृति,विसंगति एवम् शाेषित,पिडितकाे आवाजलाई उठान गर्न जाेड दिनुभयो ।
आर्थिक,सामाजिक सांस्कृतिक एवम् परम्परागत रुपमा समाजमा अझै पनि विभेद कायम रहेकाले यसकाे अन्त्यका लागि सबै निकायले ठाेस याेजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाे बताउनुभयो । नेपालकाे संविधान र कानुनले समानताकाे ब्यवस्था गरेपनि यसकाे फितलो कार्यान्वयन कारण दलित समुदाय बिभेदकाे चपेटामा परेकाे बताउनुभयो । चेतनास्तरले माथिउठेर कुरा गरेपनि ब्यवहारमा कुनै परिवर्तन नआउंदा यस्तो समस्या आएकाे याेगीकाे भनाइ छ । सम्वद्व निकाय र आमनागरिकले आफ्नाे दायित्वलाई आत्मसाथ गर्दै ईमानदारीताका साथ नीति नियम कार्यान्वयनमा जाेडदिए विभेद अन्त्य हुने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले विभेद अत्यन्त गर्न शिक्षाकाे पहूच बढाउनुपर्ने बताउनुभयो। शिक्षाकाे पहुँच नहुँदा समाजमा विभेद बढेको बताउदै तल्लाे तहदेखि नै शिक्षाकाे व्यवस्था गर्न सके विभेद कम हुने बताउनुभयाे । शिक्षा नै विभेद अत्यन्तकाे बलियो आधार भएकाेले नागरिकलाई कसरी शिक्षामा जाेडन सकिन्छ भन्नेतर्फ तीनै तहका सरकारले विशेष ध्यानदिनुपर्ने उहाँको भनाइ छ ।
यस्तै प्रजिअ अर्यालले वर्गविभेद नहट्दासम्म समतामूलक समाजकाे परिकल्पना गर्न नसकिने बताउनुभयो । साथै समाज रुपान्तरणका लागि दलित-दलित बिचकाे विभेद पनि हटाउन जरुरी रहेकाे बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजालले समाज परिवर्तनका लागि संञ्चार अपरिहार्य हुने बताउनुभयो । संञ्चार तथा पत्रकारिता जगतले हरेक क्षेत्रमा हुने सकारात्मक तथा नकारात्मक गतिविधि लगाएका धेरै बिषयबस्तुमाथि खबरदारी गर्ने भएकाले राज्य संञ्चालनलाई सहि बाटाेमा हिड्न उत्प्रेरित गर्ने बताउनुभयाे ।
अध्यक्ष रिजालले कतिपय विभेदका घटनाहरु राजनीतिक दलकाे आड्मा लुकाईने भएकाले दलहरुकाे दबाव र प्रभावमा नपरी निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो ।साथै पिडितकाे सशक्तीकरणका लागि संञ्चारले भुमिका निर्वाह गर्नसके संञ्चारकाे प्रभावकारिता अझ बढ्ने विश्वास ब्यक्त गर्नुभयाे ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका प्युठानका अध्यक्ष लाेकेन्द्र सुनारले जातीय विभेद तथा दलित आन्दोलन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै गाैमुखि गाउँपालिका ४ का वडा अध्यक्ष धनिराम सुनार, नेपाल रेडक्रस साेसाइटि प्युठानका सभापति गुमानराज पुलामी,सामाजिक अभियान्ता सुमन सुवेदी,दलित आन्दोलनका अभियान्ता तथा गाैमुखि गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तुल्सा सुनार,लगाएतले आफ्नाे भनाइ राख्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्ने बक्ताहरुले विभेद अत्यन्तका लागि समुदाय स्तरमा सचेतना फैलाउन जाेड दिएका छन् । सरहमा भन्दा गाउँबस्तिमा विभेद बढि हुने र त्यहाँका समुदाय कार्यक्रममा सहभागी हुन नपाउने हुदा सहरमा आयाेजना हुने यस्ता कार्यक्रमले विभेद अन्त्यमा खासै प्रभाव नपार्ने उनीहरुकाे भनाइ छ । नैतिक शिक्षाकाे कमिले विभेद बढ्दै गएकाले हरेक घर,परिवार,टाेल,छिमेक,समुदायमा यस्ता बिषयबस्तुमाथि सामुहिक छलफल गर्न आवश्यक रहेकाे औल्याएका छन् । एक्लाे ब्यक्तिकाे प्रयासले मात्रै विभेद अन्त्य सम्भव नरहेकाले ब्यवहार र साेचाईमा परिवर्तन गर्दै समाज रुपान्तरणकाे अभियान हातेमालो हरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
दिवसकाे अवसरमा दलित आन्दोलनका ४ जना अभियान्तालाइलाई सम्मान समेत गरिएको छ । जिल्लाकाे दलित आन्दोलनमा महत्त्वपूर्ण याेगदान पुर्याउने युवा तथा महिला अभियान्ता एवम् गाैमुखि गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तुल्सा सुनार,गाैमुखि गाउँपालिका ४ का जेष्ठ नागरिक अभियान्ता तेज बहादुर सुनार र ऐरावती गाउँपालिकाका ६ बिजुलीका गाेपाल नेपालीलाई सम्मान सम्मान गरिएको हाे । यस्तै दलित अभियान्ता एवम् पत्रकार स्वर्गीय सुर्य विककाे धर्मपत्नीलाई मराेणपरान्तबाट सम्मान गरिएकाे छ । सम्मानित सबैलाई नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगी र प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले खादा र प्रमाणपत्रले सम्मान गर्नु भएकाे हाे । दिवसकै अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान कार्यक्रम समेत गरिएकाे छ ।
अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिकाकाकाे आर्थिक सहयाेगमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानकाे आयाेजना र नेपाल सुन चाँदी ब्यवसायि संघ प्युठानकाे सह आयाेजना गरिएकाे हाे । नेपालकाे संविधानमा जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै समुदाय स्तरमा सचेतना जगाउन तथा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न कार्यक्रमकाे आयाेजना गरिएकाे राष्ट्रिय दलित पत्रकार संघका प्युठानका अध्यक्ष लाेकेन्द्र सुनारले जानकारी दिनुभयाे ।