पत्रकार तथा संघसंस्थालाई(सिविआर) कार्यक्रम सम्बन्धि अभिमुखिकरण

प्यूठान,प्यूठानमा सिविआर कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । अपाङ्गता भएका ब्यक्तिलाई समुदायमा आधारित पुर्न:स्थापना (सिबिआर )कार्यक्रमबारे जिल्लाका पत्रकार तथा संघसंस्थालाई बुधबार खलंगामा एक कार्यक्रमकाे आयाेजना गरि अभिमुखिकरण दिइएकाे हाे । अपाङ्गता भएका ब्यक्तिहरुप्रति समाज र परिवारले हेर्ने दृष्टि र साेचाईमा परिवर्तन गदै सकारात्मक अवधारणाकाे विकास गर्न,सामाजिक तथा आर्थिक सशक्तीकरण गदै मुल प्रवाहमा ल्याउने र अन्य नागरिक सरह सक्षम र स्वावलम्बी बनाउने उदेश्यका साथ कार्यक्रमकाे आयाेजना गरिएकाे राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका सचिव राजेन्द्र रावत क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका कार्यकारी प्रमुख तथा पुर्व अध्यक्ष जुमानसिंह केसीले सिविआर कार्यक्रम सम्बन्धि प्रशिक्षण दिनुभएको थियाे । उहाँले सिबिआर कार्यक्रम ,यसकाे ऐतिहासिक पृष्ठभूमि,आवश्यकता,महत्त्व,उदेश्य,आधारभुत सिद्धान्त, स्थानीय तहमा सिबिआर समन्वय ब्यवस्थापन समितिकाे संरचना,यसकाे काम,कर्तब्य र अधिकार एवम् यस कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा संचालन गरिने मुख्य क्रियाकलाप लगाएका बिषयमा जानकारी दिनुभएको थियाे ।

जिल्लाका ९ वटा स्थानीय तहहरुमध्ये मल्लरानी गाउँपालिकाले मात्रै सि.वि.आर कार्यक्रम संञ्चालन गरेकाे केसीले बताउनुभयाे । चालू आर्थिक बर्षमा कार्यक्रम संञ्चालन गर्न गाउँपालिकाले २ लाख रुपैयाँ बजेट बिनियाेजन गरेकाे उहाँकाे भनाइ छ । यहि बजेटमा रहेर अपाङ्गता सम्बन्धि सचेतनामुलक कार्यक्रम,अपाङ्गता भएका ब्यक्तिलाई अभिमुखिकरण,सशक्तीकरण,स्वास्थ्य कर्मीलाइ सि.वि.आर कार्यक्रम सम्बन्धि अभिमुखिकरण,अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण लगाएतका विभिन्न कार्यक्रम गर्ने उहाँले बताउनुभयाे ।

केसीले अपाङ्गता सम्बन्धि तथ्यांक तथा विवरण संकलनमा स्थानीयतहहरुले खासै चासाे नदिएकाे गुनासाे गर्दै यसलाई व्यापक बनाउन आग्रह समेत गर्नुभयाे ।

त्यस्तै नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजालले अपाङ्गता भएका ब्यक्तिलाई सशक्तीकरण गर्न आवश्यक रहेकाे बताउनुभयो । अपाङ्ग भएकै कारण समाजमा अपहेलित हुनुपरेकाले उनीहरुलाई सशक्तीकरण गर्दै अार्थिक रुपमा सक्षम बनाउन सबैले ध्यानदिनुपर्नेमा जाेड दिनुभयो । साथै स्थानीय तहमा पहुँच बढाएर अपाङ्गताभएका ब्यक्तिकाे सिप विकासका लागि सबै निकायले पहल गर्न जरुरी रहेकाे बताउनुभयो ।

अध्यक्ष रिजालले अपाङ्गता भएका ब्यक्तिहरुकाे सवालका बिषयलाई सशक्त माध्यमबाट उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।अपाङ्ग भएका कारण गरेकाे विभेदलाई हटाउन पत्रकारिता मार्फत निरन्तर खबरदारी गर्न जाेड दिनुभयाे ।

मल्लरानी गाउँपालिकाकाे आर्थिक सहयाेग एवम् राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानकाे आयाेजनामा कार्यक्रम गरिएकाे हाे । संघका अध्यक्ष हुनाराम खड्काकाे अध्यक्षतासंगै सुरु भएकाे कार्यक्रममा उद्योग वाणिज्य संघ प्युठानका पुर्व अध्यक्ष इमानसिंह भारती,पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजाल,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे संञ्चालन राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका सचिव राजेन्द्र रावत क्षेत्रीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation