क्रिकेट खेलाडी जि.सीलाई झिम्रुक गाउँपालिकाले गर्‍यो सम्मान

प्यूठान,नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जि.सी.लाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका-३ मा जन्मिएका जि.सीलाई झिमरुक गाउँपालिकाले नगद १ लाख रुपियाँ सहित सम्मान गरेको हो ।यसैबीच, खेलाडी जि.सी.लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले ब्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । साथै पोख्रेल फाण्डेशनले समेत जि.सी.लाई सम्मान गर्दै ५० हजार रुपियाँ नगद सहित सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतराले जि.सी.ले आफ्नो गाउँ , जिल्लाको नाम देशमा चिनाउन भुमिका खेलेको भन्दै थप सफलताको शुभकामना दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले खेलाडीको मनोबल बढाउन आफुले ब्यक्तिगत रुपमा सम्मान गरेको बताउनुभयो । उहाँले जि.सीलाई आगामी दिनको शुभकामना समेत दिनुभयो ।

खेलाडी प्रतिश जि.सीले जिल्लाका खेलाडीलाई खेलकुद क्षेत्रमा लाग्ने बाताबरण बनाउन आग्रह गर्नुभयो ।
बिश्वकप क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवशीय बिश्वकप छनोट खेलमा छनोट भएका जि.सी.लाई जिल्ला खेलकुद बिकास समितिले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation