Pranmancha

Advertisment

SKIP THIS

स्वर्गद्वारीमा स्ववियु टिमले उपलब्ध गरायो सेनेटरी प्याड र मास्क ;साथै सरसफाई कार्यक्रम सम्पन्न

प्यूठान,प्यूठानको पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको टिमले शुक्रबार सेनेटरी प्याड,माक्स,स्यानिटाईजर व्यवस्थापन गर्नुका साथै क्याम्पस सरसफाई गरेको छ । स्ववियू का सभापति टेकराज केसी,सचिव प्रेमबहादुर विश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ , उपसभापति गगन गिरी लगायत सदस्यहरुको नेतृत्व र प्यूठान नगरपालिकाको सहयोगमा क्याम्पसलाई सामाग्री हस्तान्तरण गरेका हुन ।सभापति टेकराज केसीले स्ववियु टिमले समग्र विधार्थिहरुको हकहितको निमित्त आफ्नो कार्यकाल व्यतित गर्ने बताउनुभयो । साथै क्याम्पसको भौतिक पुर्वाधारको पक्षमा मात्र नभई शिक्षाको गुणस्तरमा स्ववियू टिम निस्वार्थ भई लाग्नुपर्ने बताउनुभयो ।नगरपालिका सँगको सहकार्यमा किशोरीहरुका निम्ति ५ सय प्याकेट सेनेटरी प्याड, समग्र प्राध्यापकहरु एवम अध्ययनरत बिधार्थीहरुका लागि २५ सय लिटर स्यानिटाईजर र २५ सय पिस माक्स क्याम्पस प्रशासनलाई उपलब्ध गरिएको छ । यसैविच प्राणमण्च सँगको कुराकानिमा स्ववियु सचिब प्रेमबहादुर विश्वकर्माले निर्वाचन समयमा विधार्थिहरु सँग गरेको प्रतिबद्वता सम्पुर्ण स्ववियु टिम मिलेर पूरा गरि देखाउने बताउनुभयो । साथै उहाँले भन्नुभयो “हामी विद्यार्थीलाई आश्वासन हैन काम देखाउने छौ ।”  यसैबीच स्ववियू टिमले पहिलो पटकमै क्याम्पस विधार्थिहरुका निमित्त अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउदा विधार्थिहरु एवम आफुहरु हर्षित भएको क्याम्पस प्रमुख गुन्जबहादुर खडकाले बताउनुभयो ।

साथमा स्ववियु टिमको नेतृत्वमा क्याम्पसको सरसफाई गरिएको छ । क्याम्पस भवन पछाडिको अजङ्ग झाडी,वुटयान कटानी एवम फोहोरको उचित व्यवस्थापन गरिएको कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ ले प्राणमण्च डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation