Pranmancha

Advertisment

SKIP THIS

ऐरावतीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न;प्रथम स्थानमा सुपा देउराली

प्यूठान,प्यूठानको ऐरावती गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा न ६ मा चैत १२ गतेदेखि  सुरु भएको खेल चैत १३ गते समापन भएको छ। ऐरावती गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद श्रेष्ठले बल सर्भिस गरेर खेल उद्घाटन गरेका  हुन भने  स्वागत मन्तव्य वडा सदस्य रेसम थापाले राखेका थिए । प्रतियोगितामा वडा नं ६ का साविकका वडाहरूमा गठन भएका ८ वटा टोल बिकास संस्थाका भलिबल टिम सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरि साविक वडा नं ९ मा गठन भएको सुपा देउराली  टोल बिकास संस्थाले नगद रू ७ हजार ५ सय र प्रमाण पत्र हात पार्न सफल भएको छ भने
दोस्रो स्थान साविक वडा नं ८ मा गठन भएको दमैखर्क टोल बिकास संस्था नगद रू ५ हजार र प्रमाण पत्र ,तेस्रो स्थान साविक वडा नं ४ मा गठन भएको सयपत्रि टोल बिकास संस्थाले नगद रू ३ हजार र प्रमाण पत्र हात पारेको छ भने
सान्त्वना अर्थात चौथो स्थान साविक वडा नं ६ मा गठन भएको प्रगति टोल बिकास संस्थाले नगद रू २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगिताका सहभागी ८ वटै टोल बिकास संस्था र प्रतियोगिता खेलाडी अभावका कारण सहभागी हुन नसकेको टोल बिकास संस्था गरि ९ वटै टोल बिकास संस्थाहरूलाई १ थान बल १ थान नेट र १ थान पम्प वितरण गरिएको ६ नं का वडा सचिव प्रकाश विकले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation