

प्यूठान,गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्युठानको अध्यक्षमा बिजय कुमार श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन । मंगलबार सम्पन्न सातौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
त्यसैगरी सदस्यमा राम पहाडी, प्रज्वल पहाडी, एलबी थापा, तीला बुढाथोकी, ओमहरी भट्टराई, उमा शर्मा, राधिका के.सी,सिता सुनार,मुक्त बहादुर रानामगर र राधिका खड्का निर्वाचित भएका छन ।