वडाध्यक्ष बि.क द्वारा कालिका आ.वि को २ कोठे भवन शिलान्यास

सल्यानको कुमाख गाउँपालिका वडा नं ६ मा रहेकोे श्री कालिका आधारभुत विधालयको दुई कोठे भवन  आज एक कार्यक्रम बीचमा शिलान्यास गरिएको छ ।

प्रमुख अतिथी वडा नं ६ का वडाध्यक्ष  कर्ण बहादुर बि क, विशिष्ट अतिथि कुमाख गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द, शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द, रोजगार संयोजक जीवन शर्मा,स्वास्थ्य शाखा प्रमुख , विधालय  व्यवस्थापन  समिति टिम ,अभिभावक एवम पुर्व  मुख्यमन्त्री स्वकीय सचिव प्रेमनारायण बि क नेकपा  ‘बिप्लप’ निकट विद्यार्थी नेता अनिल बि क विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि लगायत सहभागि रहेका थिए । प्रमुख अतिथि कर्ण बहादुर बि.कले विधालय को भौतिक संरचना अनुसार  विद्यार्थीको संख्या पूरा रहेको बताएका छन । साथै विधालयलाई अत्यावश्यक रहेको पानीको समस्यालाई स्थानीय निकायवाट तत्कालै व्यवस्थापन गर्नको निम्ति पहल गर्ने बताएका छन ।

विशिष्ट अतिथि राजेन्द्र कुमार चन्दले भवन निर्माण गर्न थोरै बजेटले नपुग्ने पक्ष औल्याउँदै आउदो आर्थिक वर्षमा विधालयको निम्ति  थप बजेट छुट्टाउने  समेत बताएका छन ।

भवन निर्माण गर्ने  क्रममा योजनाअनुसार भवन निर्माण गर्न समेत निर्माण समितिलाई आग्रह गरिएको  छ । शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले विधालयलाई आगामी दिनको शैक्षिक क्षेत्रमा थप सफलताको  शुभकामना दिएका छन ।भवन शिलान्यास कार्यक्रमको सहजीकरण विधालयका प्रधानाध्यापक भुपेन्द्र देवकोटाले गरेका थिए । विधालयका प्रधानाध्यापकले प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द र वडा अध्यक्ष कर्ण बहादुर बि क लाई मागपत्र समेत बुझाएका छन ।

                 मागपत्र बुझाउदै प्र.अ                                      मागपत्रमा चार बुँदे समाबेश गरिएको छ । १.निर्माणाधीन दुई कोठे भवनको पुर्णताका लागि आवश्यक  बजेट व्यवस्था  गर्नुपर्ने,

२.अपुरो रहेको घेरबार  पूर्णता को लागि बजेट व्यस्थापन गर्नुपर्ने,
३.विधालयमा एक जना शिक्षक स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने,
४.विधालयमा विद्युत जडान साथै कम्युटर ,प्रीन्टर  लगायत अत्यावश्यक शैक्षिक सामाग्री को उपलब्धता ,
यी योजनाका निम्ति बजेट व्यवस्था    गरिदिनका लागि उक्त मागपत्र बुझाएको प्रधानाध्यापक देवकोटाले प्राण मन्च डटकमलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation