एस.ई.ई परीक्षामा प्यूठानबाट ४ हजार ९२ परीक्षार्थी सहभागी हुँदै

प्यूठान,भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार ८ सय ७० जना रहेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले बताए ।

उनका अनुसार ग्रेड वृद्धिको लागि भने प्यूठान जिल्लाभरि बाट ११ जना रहेका छन् । ‘जिल्लाभर १६ वटा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिदैछन्’, उनले भने, ‘केन्द्राध्यक्षको लागि होम सेन्टर नभएका कारण जुन विद्यालयमा परीक्षा हुन्छ त्यही विद्यालयको प्रधानाध्यापक नै केन्द्राध्यक्षको रुपमा खटिएका छन् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation