Pranmancha

Advertisment

SKIP THIS

जनताको समस्या र चाहना बुझेर काम गर्नुस;डा.पोख्रेल

प्यूठान,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले एक कार्यक्रममा बोल्दै जनताको समस्या र चाहना बुझेर काम गर्ने बताएका छन ।
रास्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोबिन्दराज पोख्रेलले नेपाल विधार्थी संघ जिल्ला शाखा प्यूठानद्वारा आयोजित नव निर्वाचित स्ववियू पदाधिकारीहरुलाई बधाई एवम सम्मान कार्यक्रममा नेताहरुले जनताको समस्या र चाहना बुझेर काम गर्ने बताएका छन् । डा।पोख्रेलले नव स्ववियू निर्वाचित २० जना पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेका छन् । निर्बाचित स्ववियू पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै डा।पोख्रेलले राजनीतिक ज्ञान र नेतृत्व कर्ताको क्षमता अभिबृद्धिका सकारात्मक पक्ष औल्याएका छन । उनले भने “जनप्रतिनिधिहरु भएका नेताहरु पाटीको भावना भन्दा बाहिर रहेर बधाई र सम्मान पाएर मात्र असल नेता हुन सक्दैन जनताको समस्या र चाहना बुझेर काम गर्नुस् ।”

त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री तथा प्रदेश सांसद निमा गिरीले विद्यार्थीहरुले आफ्नो वास्तविक जिवन र पढाईमा बढी ध्यान केन्द्रित भै बिधार्थी राजनीतिमा अग्रसर हुनको निमित्त आव्हान गरेकी छिन ।

यस्तै नेपाली कांग्रेस प्यूठानका पुर्व सभापतिहरु शुवास केसी, अमर प्रसाद भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, युवा नेता शिवराज रिजाल,पुर्व उपसभापति हुकुम बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राख्दै पाटीले सबै भातृ संगठनहरुलाई सहि ढंगले परिचालन गर्नु पर्ने र विद्यार्थीहरुलाई हौसला संगै उत्साहित बनाएर अगाडि बढ्न जरुरी रहेकोले सहयोग र सद्भावका साथ सबै पक्षबाट काम गर्ने बताएका छन् ।
यस्तै नेविसंघ जिल्ला सभापति कल्याण बिक्रम केसीले आगामी शैक्षिक बर्षमा ५ हजार विद्यार्थीलाई नेबिसंघलाई आबद्ध गराउने गरि संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेपाल विद्यार्थी संघ प्यूठानले जिल्लामा स्वतन्त्र विद्यार्थी युनियनमा निर्बाचित भएका २० जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरेकोछ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल प्रमुख अतिथि र प्रदेश सांसद निमा गिरी बिशेष अतिथि रहेको कार्यक्रममा उपस्थित विधार्थी एवम नेताहरुलाई रुकमान रोका क्षेत्रिले स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिव पारस भण्डारीले गरेको सहसचिव भुपेन्द्र केसीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation