एस.इ.ई दिएर फर्किदा स्कुल बसमा ठोकिँएर एक विद्यार्थीको मृत्यु

प्यूठान,प्यूठानमा एस.इ.ई दिएर फर्किदा एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।

विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुल बसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बिस्तृत जानकारी आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation