नेविसंघ प्यूठानको प्रजिअलाई ज्ञापनपत्र: निःशुल्क शिक्षाको कार्यान्वयन गर

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संविधान प्रदत्त निःशुल्क शिक्षाको ग्यारेन्टी गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ।

शैक्षिकसत्र १०८० काे भर्ना अभियानमा सामुदायिक विद्यालयहरुले विभिन्न बाहानाबाजी गरी अभिभावकबाट चर्को रकम असुली भइरहेको विषयलाई गम्भीरतापूर्वक लिई साे शुल्क खारेजीको माग गर्दै विज्ञप्ति बुझाइएकाे नेवि संघ प्यूठानका अध्यक्ष कल्याण केसीले जनाएका छन् ।


जिल्लाका सबै स्थानीय तहलाई बाेधार्थ गरी नेविसंघ प्यूठानका अध्यक्ष कल्याण विक्रम केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ: “नेपालको संविधान २०७२ ले मौलिक हककाे धारा ३१ मा शिक्षा सम्बन्धी गरेको व्यवस्थामा आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तह सम्म को शिक्षा निशुल्क पाउने व्यवस्था भएता पनि प्यूठान जिल्लाका सामुदायिक विद्यालयहरुले कानुनको धज्जी उढाइरहेको प्रति नेपाल विद्यार्थी संघ घोर भ्रत्सना गर्दछ र तत्काल यो विषयमा छानविन गरी संविधानमा व्यवस्था भए बमोजीम निशुल्क पढ्न पाउने विद्यार्थीको हक अधिकारलाई ग्यारेन्टी गर्न जोडदार माग गर्दछौ । अन्यथा नेपाल विद्यार्थी संघ चरण बद्ध आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने छ ।”
उता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन काेइरालाले संघठनले राखेका मागप्रति माफु सकारात्मक भएकाे जनाउँदै तत्काल याे विषयमा सबै सराेकारवालासँग छलफल गरेर यथासक्य छिटाे व्यवस्थित निकास दिन आफू तयार रहेकाे बताएका छन् । उनले संविधान प्रदत्त अधिकारकाे कार्यान्वयन नहुनु दु:खद पक्ष भएकाे बताए ।
माग पूरा नभए चरणबद्ध संघर्षमा उत्रिन बाध्य हुने नेविसंघका जिल्ला सचिव पारस भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation