Pranmancha

Advertisment

SKIP THIS

शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा दाङमा होटल सन्चालक पक्राउ

दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सन्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा पनि डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा भुषाललाई यही वैशाख ४ गते दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation