नदिमा डुवेर प्यूठानमा एक युवकको मृत्यु

प्यूठान,प्यूठानको स्वर्गद्वारी नगरपालिका- ७ ताप स्थित माडी नदिमा डुबेर एक युवकको ज्यान गएको छ ।

झिमरुक गाउँपालिका-८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टरका सह-चालक रहेका रोका मगर बालुवा लिन खोला गएको बेला नदिमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।

आज बिहान ११ बजे घटना भएको र शबलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation