जाजरकोट र रुकुम जोड्ने बेलिब्रीज भाचिँदा २ जनाको ज्यान गयो,८जना घाईते

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो ।

ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाच्चिएको हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरिडोरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation