जंगलको आगाे गाउँमा पस्दा घर गाेठ जलेर नस्ट

सल्यानमा जंगलमा लागेको आगो वस्तीमा आउँदा १ घर र १ गोठ जलेर नस्ट भएका छन ।

बिहिवार जिल्लाको कालिमाटी गाउँपालिका ६ खोपाकोटे राष्ट्रिय जंगलमा लागेको आगो स्थानीय टुनिचार कारागाडी वस्तीमा आउदा देविलाल खड्काको घर र नजिकै सटेको १ तले २ कोठे खरले छाएको कच्चि गोठ जलेर पुर्णरुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आगलागीबाट घर गोठमा भएका सर सामान जलेर नस्ट भएको र मानविय तथा चौपाया क्षेती नभएको र अहिले आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation