प्यूठानको नाैबहिनी गाउँपालिका २ लिघाकाे सिलिखनका आगलागी पीडित परिवारलाई ग्लाेबल ओरियन्स नेपाल प्रालिले राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।
सृजन बहुदेश्यीय प्रालि र ग्लाेेबल ओरियन्स प्रालिकाे (Global Orience pvt.ltd) संयुक्त पहलमा करिब १५ हजार बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको साे कम्पनीका प्यूठान शाखा प्रतिनिधि दिपक केसीले बताए ।
गत चैत ३० गते राति सिलिखनका स्थानीय जय बहादुर पुनकाे आगलागीबाट घरगाेठ जलेर नष्ट भएको थियाे । पीडित परिवारलाई नाैबहिनी गाउँपालिका, रेडक्रस तथा अन्य सहयाेगि निकायहरुले पनि सहयाेग गरिरहेकाे बेला हर्बल तथा प्राेटिनजन्य खाद्य सामाग्रीकाे उत्पादन र बिक्रीवितरण गरिरहेकाे संस्थाले अजयकाे दुखेकाे घाउमा मलहम पट्टी लगाउने प्रयत्न गरेकाे हाे ।
जयबहादुरलाई फाउनेपाेखरीमा गत बैशाख ५ गते राहत वितरण गरिएको संस्थाका बजार प्रतिनिधि विजय केसीले प्राणमञ्चसँग बताए । पीडितलाई चामल, दाल, डसना, तेल,गाग्री, चटाई, बाटा लगायत अत्यावश्यक खाद्यन्न तथा पकाउने चलाउने सामाग्री प्रदान गरिएको केसीले बताएका छन् ।