अखिल छैठौंकाे अध्यक्षमा केशव बुढाथोकी

अखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ ।

समितिको उपाध्यक्षमा दिपा गिरी, सचिवमा लक्ष्मण पुन, सहसचिवमा रविन एमसी र कोषाध्यक्षमा रजत जिसि चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा मनिसा केसि, अनिता पुन, माधव विक, निता वुढाथोकी, सविता परियार, रविना विक, सचिन कुवर, वसन्त गोराथोकी रहनु भएको छ । त्यसैगरी वैकल्पिक सदस्यहरुमा पवन खड्का, समीक्षा थापा, कविता पुनमगर र मनिषा वुढाथोकी चयन हुनुभएको छ । भेलाले नवीन केसि र चोपवहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी अखिल (छैठौं)का महासचिव सुवाश जिसि, विशिष्ट अतिथी राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, विशेष अतिथी राजमो प्युठानका सचिव विदुर मल्ल, अखिल नेपाल किसान महासंघ प्युठानका पुर्व अध्यक्ष मिनवहादुर केसि, अखिल (छैठौं)का सचिवालय सदस्य चोपबहादुर विक र विवेक जिसि, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल पौडेल, एकता समाजका पुर्व के.स.खिमवहादुर विक, अनेमसंघका जिल्ला उपाध्यक्ष हुमा पोख्रेल, गौमुखी क्याम्पसका स्ववियु सभापति रजत जिसि, जातीय समता समाजको जिल्ला सदस्य सुकमेली परियार , रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव जगत विक लगाएतले भेलाको शुभकामना दिनुभएको थियो ।

भेलाको उद्घाटन महासचिव सुवाश जिसिले मैनवत्ती बालेर गर्नुभएको थियो भने स्वागत लक्ष्मण पुनले गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता नवीन केसि र संचालन केशव वुढाथोकिले गर्नुभएको थियो ।

चोपबहादुर विक, विवेल जिसि र दिपा गिरि सदस्य रहेको अध्यक्ष मण्डलले वन्दसत्रको संचालन गरि निर्वाचन प्रक्रिया अघि वढाएको थियो । नवनिर्वाचित समितिलाई महासचिव जिसिले सपथ ग्रहण गराउँदै वधाई दिनुभएको थियो भने अध्यक्ष केशव वुढाथोकिले प्रतिवद्द्ता सहित आगामी कार्यक्रम पेस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation